नेपाली कांग्रेस सभापतिमा गगन थापा सहित तीन जनाको उम्मेदवारी, वरिष्ठमा विश्वप्रकाश शर्मा निर्विरोध
काठमाडौं / नेपाली कांग्रेस १५ औं महाधिवेशनमा सभापतिमा तीन जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक / एक जना, खुल्ला उप सभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँच जना, खुल्ला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको छ ।
सभापतिमा गगन थापा सहित श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन् ।
वरिष्ठ उपसभापतिमा भने विश्व प्रकाश शर्मा निर्विरोध भएका छन् । उपसभापति महिला पुष्पा भुसाल निर्विरोध भएकी छिन् ।
उपसभापति खुल्लामा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा चन्द्रमोहन यादवको उम्मेदवारी गरेको छ ।
समावेशी उपसभापति जीवन परियार, विनोद चौधरी, फर्मुल्लाहा मनसुर, सीता गुरुङ र रञ्जित कर्णले उम्मेदवारी दिएका छन् ।
खुल्ला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदय शमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा सुनिल शर्मा र
डा सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन् ।
महामन्त्री महिला डा डिला संग्रौला, डिना उपाध्याय र रिता खनालले उम्मेदवारी दिएका छन् ।

















