राइजिङ कराते एकेडेमी कार्लल पेन्सिल्भेनियाले युएसए कराते ओपन एण्ड जुनियर इन्टरनेश्लन कपमा जित्यो चार स्वर्ण सँगै आठ पदक
टेक्सस, अमेरिका / राइजिङ कराते एकेडेमी कार्लल पेन्सिल्भेनियाले अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थ स्थित कन्भेन्सन सेन्टरमा जारी
युएसए कराते ओपन एण्ड जुनियर इन्टरनेश्लन कपमा जित्यो चार स्वर्ण सँगै आठ पदक जितेको छ ।
बिहीबार देखि शुरु भएको प्रतियोगिताको दोस्रो दिन राइजिङ कराते एकेडेमी कार्लल पेन्सिल्भेनियाका दुई खेलाडीले दुई दुई स्वर्ण जिते ।
प्रितेश गुरुङले जुनियर इन्टरनेश्लन कपमा १२-१३ वर्ष नोभिस डिभिजन र र युएस कराते ओपन दुवै तर्फ कातामा स्वर्ण जितेका हुन्।
यस्तै केल्सी गुरुङले पनि दुई स्वर्ण जितिन् । उनले जुनियर इन्टरनेश्लन कपमा इन्टरमिडियट १०-११ वर्ष उमेर समूहमा काता र कुमुते दुवै तर्फको स्वर्ण जितेकी हुन् ।
यस्तै शपनिल गुरुङले जुनियर इन्टरनेश्लन कपमा १२-१३ वर्ष उमेर समूह एडभान्स डिभिजनको कातामा रजत पदक जिते । सिजन गुरुङले जुनियर इन्टरनेश्लन कपमा ६-७ वर्ष उमेर समूहमा रजत जिते ।
फिलिक्स तामाङले दुई पदक जिते । उनले यूएस ओपनमा कातामा रजत र जुनियर इन्टरनेश्लन कपमा नोभिस डिभिजन १२-१३ वर्ष उमेर समूहमा काश्य पदक जिते ।
उनका भाइ फिलिपले जुनियर इन्टरनेश्लन कपमा ८-९ वर्ष उमेर समूहमा काश्य पदक जिते ।
राइजिङ कराते एकेडेमी कार्लल पेन्सिल्भेनियाका संचालक तथा प्रमुख प्रशिक्षक निम लामाले आफ्ना खेलाडीले शनिवार र आइतबार अझ राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छन्।
राइजिङ्ग कराते एकेडेमी कार्लल पेन्सिल्भेनियाबाट १६ खेलाडी, दुई प्रशिक्षक र दुई जना अफिसियलले भाग लिएका छन् ।
आइतबार सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली र नेपाली भाषी भूटानी समुदायबाट ४० जना खेलाडीले सहभागिता जनाएका छन् । यस्तै एक दर्जन बढी निर्णायकको भूमिकामा छन्।
प्रतियोगितामा विभिन्न देशबाट एक हजार भन्दा धेरै खेलाडीको सहभागिता छ ।

















