आयोवामा छुरा प्रहारबाट नेपाली भाषी भुटानी महिलाको मृत्यु
कार्लाल, पेन्सिलभेनिया / अमेरिकाको आयोवा राज्यमा एक नेपाली भाषी भुटानी महिलाको निधन भएको छ ।
आयोवाको प्रहरी अधिकारीहरूका अनुसार ४१ वर्षिया नेपाली भाषी भुटानी महिला अन्ना शर्माको निधन भएको जानकारी दिएका हुन् । अंकनीमा गत शनिबार विहानै भएको छुरा प्रहार घटनामा प्रहरीले पीडित र अपराधमा संलग्न व्यक्तिको पहिचान गरेका हुन् ।
प्रहरी अधिकारीहरूले विहानको समयमा नर्थवेस्ट रेनहर्ट ड्राइभको १३०० ब्लकमा रहेको घरमा महिलाको छुरा प्रहारबाट मृत्यु भएको बताएका हुन् ।
अनुसन्धानकर्ताहरूका अनुसार ४२ वर्षीय बीके सिटौलाले अवैध रूपमा घरमा प्रवेश गरी शर्मालाई घातक रूपमा छुरा हानी हत्या गरेको जनाएको छ । साथै प्रहरीले मृतक शर्मा र सिटौला पहिले नै विवाहित रहेको बताएका छन् ।














