‘हाँस्छ अमेरिका’ ह्यारिसबर्गमा मार्च १४ तारिख हुँदै
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / अमेरिका भ्रमणमा रहेका नेपाली हास्य कलाकारहरूले पेन्सिल्भेनियाको ह्यारिसबर्गमा मार्च १४ तारिख प्रस्तुति दिने भएका छन्।
नेपाली हास्य कलाकारहरू ‘हाँस्छ अमेरिका भोल्युम–१’ कार्यक्रम सहित अमेरिका भ्रमणमा छन्। उनीहरुले पेन्सिल्भेनियाको ह्यारिसबर्गमा मार्च १४, शनिबार साँझ ७ बजेदेखि द हेरिटेज हल एण्ड गार्डेनमा प्रस्तुति दिने छन्।
कार्यक्रममा चर्चित हास्य कलाकारहरू कैलाश कार्की, सुमन कार्की, मेक्सम गौडेल, भरतमणि पौडेल तथा सुमन कोइरालाले प्रस्तुति दिनेछन्। उनीहरूले नेपाली समाज, परिवार तथा प्रवासी जीवनका विभिन्न पक्षलाई हास्य शैलीमा प्रस्तुत गर्दै आएका छन्।
कार्यक्रमको आयोजना इनास पेन्सिल्भेनिया र सी एण्ड ई समूहले संयुक्त रूपमा गरेका हुन् भने अमेरिका भ्रमण व्यवस्थापन सनराइज इन्टरटेन्मेन्ट र फेमनेपाल ले गरेका छन्।
इनास पेन्सिल्भेनियाका अध्यक्ष आलोक कार्कीका अनुसार कार्यक्रममा सहभागी हुन प्रवेश शुल्क ३० अमेरिकी डलर तोकिएको छ। दर्शकहरूले पोस्टरमा राखिएको क्युआर संकेत स्क्यान गरी अग्रिम टिकट लिन सक्नेछन्।
प्रवासी नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली हास्य कलाको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
कार्यक्रममा विभिन्न स्थानीय व्यवसाय तथा संस्थाहरूको सहयोग रहेको छ भने मिडिया साझेदारका रूपमा समाज टाइम्स रहेको छ।
















