मधेशको विकासप्रति रास्वपा प्रतिबद्ध छ : बालेन शाह
सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सिराहाको गोल बजार नगरपालिकामा पुगेका छन् ।
मधेश केन्द्रित जनसम्पर्क तथा संगठन विस्तार अभियानअन्तर्गत बालेन शाह आज गोलबजारमा उपस्थित भएका हुन् ।
गोलबजारमा उनले पार्टी कार्यकर्ता, समर्थक तथा स्थानीय युवाहरूले स्वागत गरेका छन् ।
भेटघाट तथा संक्षिप्त सम्बोधनका क्रममा शाहले सुशासन, भ्रष्टाचारविरुद्धको अभियान र मधेशको विकासप्रति पार्टी प्रतिबद्ध रहेको बताए ।
उनको आगमनसँगै गोल बजार क्षेत्रमा राजनीतिक चहलपहल बढेको छ भने स्थानीय वासीमा नयाँ आशा र उत्साह देखिएको छ ।
















