ग्लोबल तेक्वान्दो एकेडेमी तेस्रो इन्टर स्कुल च्याम्पियनसिप सम्पन्न
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ ग्लोबल तेक्वान्दो एकेडेमी ह्यारिसबर्गको आयोजनामा तेस्रो इन्टर स्कुल तेक्वान्दो प्रतियोगिता शनिवार सम्पन्न भएको छ।
पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गको डेरी स्ट्रिटमा सम्पन्न प्रतियोगितामा पेन्सिल्भेनिया, ओहायो र मेरिल्याण्डका गरि दश स्कुलका खेलाडीले भाग लिएका थिए।
ग्लोबल तेक्वान्दो एकेडेमीका संचालक प्रमुख प्रशिक्षक तथा टुर्नामेन्ट डाइरेक्टर प्रकाश ढुङ्गाका अनुसार च्याम्पियनसिपमा एक सय ११ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
उनले च्याम्पियनसिप भने पनि टिम च्याम्पियनको घोषणा नगरेको बताए। ढुङ्गाले खेलाडीहरूलाई ठुला च्याम्पियनसिपमा प्रतिस्पर्धा गराउनु अगाडी यस्ता प्रतियोगिता वामअपको रुपमा उपयोगी हुने धारणा राखे।
‘हाम्रा खेलाडीलाई ठुला प्रतियोगितामा जानु अगाडिको यो राम्रो प्लेटफर्म बन्दै आएको छ त्यस कारण हामीले तेस्रो संस्करण पनि सफलता पूर्वक आयोजना गर्दो।’ ढुङ्गानाले भने।
उनका अनुसार आयोजक ग्लोबल तेक्वान्दो एकेडेमी सहित पेन्सिल्भेनियाका एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकेडेमी – ल्यान्कास्टर, हिङमाङ तेक्वान्दो एकेडेमी, युनाइटेड एभरेस्ट तेक्वान्दो एकेडेमी, कीस्टोन तेक्वान्दो एकेडेमी र रेड ओशन मल्टी एकेडेमीले भाग लिएका थिए ।
ओहायोबाट सनशाइन तेक्वान्दो एकेडेमीका रेनोल्ड्सबर्ग, एक्रोन र कोलम्बसका खेलाडीहरूले च्याम्पियनसिपमा भाग लिएका थिए।
मेरिल्याण्डको एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकेडेमीले पनि च्याम्पियनसिपमा भाग लिएको थियो।
च्याम्पियनसिपको उद्घाटनका असरमा पेन्सिलभेनिया राज्य सभा संसद डेभ म्याडसन, डाउफिन काउन्टी कमिश्नर बोर्डका अध्यक्ष जस्टिन डगलस, स्वातारा टाउनसिपका कमिश्नर टम कोलनी, भुट्नीज कम्युनीटी इन सेन्टर पेन्सिल्भेनियाका अध्यक्ष युवराज कोइराला लगायतले शुभ कामना मन्तव्य दिएका थिए।
‘म समस्त शुभेच्छुक, सहयोगी र समर्थकहरू प्रति हार्दिक आचार व्यक्त गर्दछु।’ उद्घाटन समारोहमा ग्लोबल तेक्वान्दो एकेडेमीका संचालक तथा प्रमुख प्रशिक्षक प्रकाश ढुङ्गानाले भने ।















