राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय सभाका तीन जना सदस्यहरूले राजीनामा दिएका छन् ।
प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन् ।
शोक प्रस्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको बैठक
राष्ट्रिय सभा उन्नाइसौँ अधिवेशनको पहिलो बैठकबाट हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव सर्व सहमतले पारित गरेको छ ।
आइतबार बसेको पहिलो बैठकले उक्त शोक प्रस्ताव पारित गरेको हो । बैठकमा बोहराको सम्मानको लागि मौन धारण पनि गरिएको छ ।
बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पनि पढेर सुनाएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आजको दिन ११ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका थिए । राष्ट्रिय सभाको १८औँ अधिवेशन अन्त्य गत भदौ ३१ गते भएको थियो ।
साथै अर्को बैठक २०८२ साल माघ ९ गते शुक्रबार १ : १५ मिनेटमा बस्ने तय भएको छ ।

















