गगन थापा कांग्रेस सभापति : निर्वाचन आयोग
काठमाडौं/ निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक भएको जनाएको छ।
आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने केही समय अगाडि सुनाएको हो।
आयोगले शुक्रवार दिन भर दुवै पक्षको विवरण बुझेर अध्ययन गरे पछि साँझ निर्णय सुनाएको हो ।
स्रोतका अनुसार आयोगले बहुमतको आधारमा निर्णय सुनाएको हो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका तीन पदाधिकारीमध्ये दुई जनाले गगनको पक्षमा र एक जनाले विपक्षमा राय दिएका थिए।

















