नर्थ क्यारोलिनालाई थप एक सय १६ मिलियन डलर मद्दत रकम घोषणा
ट्रपिकल स्टर्म हेलिनबाट प्रभावित पूर्वी राज्यको पुनर्निर्माण र भविष्यको विपद् रोकथामका लागि थप रकम जारी
वासिङटन / अमेरिकी होमल्याण्ड सेक्युरिटी सचिव क्रिस्टि नोएमले बुधवार उत्तरी क्यारोलिनालाई ट्रपिकल स्टर्म हेलिनबाट प्रभावित क्षेत्रहरूको पुनर्निर्माण र भविष्यमा हुने विपदबाट सुरक्षा गर्न थप ११६ मिलियन अमेरिकी डलरको संघीय बजेट उपलब्ध गराउने घोषणा गरेकी छिन् ।
यस रकममध्ये ७२ मिलियन डलरभन्दा बढी पुनर्निर्माण वा महत्वपूर्ण पूर्वाधार मर्मत, सार्वजनिक सडकबाट मलबा हटाउने, सडक र पुल मर्मतका लागि खर्च हुनेछ। बाँकी ४४.६ मिलियन डलरको प्रयोग भविष्यमा बाढी र कठिन मौसमबाट समुदायहरूलाई सुरक्षित राख्ने जोखिम न्यूनीकरण परियोजनाहरूमा हुनेछ।
सचिव नोएमले भनिन् , “यो लगानीले उत्तरी क्यारोलिनाको स्कूल, सार्वजनिक सुरक्षा भवन, युटिलिटी र सामुदायिक सेवाहरू जस्ता महत्वपूर्ण पूर्वाधारको पुनर्निर्माणमा मद्दत गर्नेछ। आजको निर्णयले यो प्रशासनको कटिङ रेड टेप र छिटो पुनर्निर्माणको प्रतिबद्धता देखाउँछ।”
सार्वजनिक सहायता अनुदानहरू यसप्रकार छन्:
- उत्तरी क्यारोलिना यातायात विभागलाई ३४.७ मिलियन, ३०० भन्दा बढी स्थानमा सडक र पुल मर्मतका लागि।
- रदरफोर्ड काउन्टीलाई १७.६ मिलियन, करिब ७ लाख घनयार्ड मलबा र ७५ हजार रूख र डाली हटाउन।
- एशलभिललाई १०.५ मिलियन, पिउने पानी वितरण, १०० भन्दा बढी फ्लीट सवारी मर्मत, र रोड मर्मतका लागि।
- बीच माउन्टेनलाई ३.७ मिलियन, टाउनको ढल निकासी प्रणाली र फोहोर पानी प्रशोधन प्लान्ट मर्मतका लागि।
जोखिम न्यूनीकरण अनुदान परियोजनाहरूले बन्कोम्बे काउन्टीमा बाढी प्रभावित सम्पत्ति खरिद (१४.२ मिलियन), हेनडरसन काउन्टीमा बाढी प्रभावित सम्पत्ति खरिद ( ९.२ मिलियन), र ब्यूफोर्ट काउन्टीमा १४ घर उचाल्ने (२.५ मिलियन) कार्यहरू अघि बढाउँदै छन्।
यस घोषणाको अगाडि, उत्तरी क्यारोलिनालाई १ बिलियन डलरभन्दा बढी पुनर्निर्माणको लागि उपलब्ध गराइसकिएको छ भने, परिवारहरूको प्रत्यक्ष राहतका लागि ५४९ मिलियन डलरभन्दा बढी अनुदान भुक्तानी गरिसकेको छ।

















