रास्वपा उपसभापति कुलमान घिसिङले मन्त्री पद बाट दिए राजीनामा
काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उप सभापति कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री घिसिङले बुधवार साँझ प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन् । चुनावी सरकारका मन्त्री पार्टीको पदाधिकारी भए पछि उनी माथि दबाब बढेको थियो।
घिसिङ अनौपचारिक संरक्षकत्वमा स्थापना भएको उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरणपछि उनी वरिष्ठ उपसभापति भएका हुन्।
प्रधानमन्त्री कार्की स्वयमले मन्त्रीहरू घिसिङ सहित जगदीश खरेल र ब्बलु गुप्ताको राजीनामा मागेको खबर सार्वजनिक भएको थियो।

बालुवाटारबाट फर्केपछि ऊर्जा मन्त्रालयमा उनले पत्रकार सम्मेलन गरेर राजीनामा बारे आफ्नो धारणा सार्वजनिक गर्ने जनाइएको छ।
घिसिङ गत भदौ ३० गते मन्त्री नियुक्त भएका थिए ।
फोटो : प्रधानमन्त्रीको सचिवालय















