होमल्याण्ड सेक्रेटरी क्रिस्टी नोएमकै सहभागितामा मिनियापोलिसमा आइसको ठूलो कारबाही एक हजार बढी पक्राउ
मिनियापोलिस / यूएस डिपार्टमेन्ट अफ होमल्याण सेक्युरिटी (डीएचएस) की सेक्रेटरी क्रिस्टी नोएम स्वयं अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आइस) का अधिकारीहरूसँग मिनेसोटाको मिनियापोलिस शहरमा गरिएको ठूलो आप्रवासन कारबाहीमा सहभागी भएकी छन्।
उक्त कारबाहीमा इक्वेडोरका नागरिक टोमस एस्पिन टापिया पक्राउ परेका छन्, जो हत्या र यौन अपराधका अभियोगमा फरार थिए।
डीएचएसका अनुसार टोमस एस्पिन टापिया अक्टोबर २३, २०२२ मा अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए र बाइडेन प्रशासनको समयमा रिहा गरिएका थिए।
उनीमाथि इक्वेडोरमा हत्या अभियोगको सक्रिय पक्राउ पुर्जी तथा अमेरिकाको कनेक्टिकट राज्यमा यौन दुर्व्यवहारको पक्राउ आदेश जारी छ। यसअघि उनी इक्वेडोरमै डकैती र जबरजस्ती असुली जस्ता अपराधमा दोषी ठहर भइसकेका थिए।
आप्रवासन अदालतमा उपस्थित हुन असफल भएपछि उनलाई फेब्रुअरी २८, २०२५ मा आप्रवासन न्यायाधीशले अन्तिम निष्कासन आदेश दिएका थिए।

डीएचएस सचिव नोएमले मिनियाोलीसबाट अपराधिलाई हटाइएको बताइन।
“राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा हामी मिनेसोटामा भइरहेको अपराध, ठगी र कानुन उल्लङ्घनलाई उजागर गर्दै जवाफदेही बनाइरहेका छौँ। अमेरिकी कानुन तोडेर कसैले सजायबाट उम्कन पाउने छैन।’ सेक्रेटरी नोएभले भनिन्, ‘आइसको सहयोगमा मिनियापोलिसका सडकबाट फेरि एक हत्यारा र यौन अपराधी हटाइएको छ।”
डिएचएसका अनुसार हालै मिनेसोटामा कानून कार्यान्वयन तीव्र पारिएको छ। एक हजारभन्दा बढी हत्या, बलात्कार, बाल यौन अपराध, गिरोहसँग सम्बन्धित अभियुक्तहरू पक्राउ परिसकेका छन्।
पछिल्लो एक दिनमै मात्र मिनियापोलिस क्षेत्रमा १५० भन्दा बढी अवैध आप्रवासीहरू पक्राउ परेका छन्।
फोटो डिएचएस
















