रवि, बालेन र कुलमान अब एउटै पार्टीमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल एक भएका छन्। उज्यालो नेपाल ऊर्जा मन्त्री कुलमान घिसिङको समर्थनमा भर्खरै मात्र स्थापना भएको पार्टी हो।
सोमबारको छलफल पछि उज्यालो नेपाल पार्टी रास्वपामा विलय भएको हो । रास्वपा सभापति रवि लामिछाने, मन्त्री घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन साहबिच भएको वार्तापछि उक्त सहमति जुटेको हो ।
सहमति अनुसार घिसिङ रास्वपाको उपसभापति रहने छन्।
सहमति पत्रमा रवि, बालेन र उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।
एकतापश्चात् उज्यालो नेपालमा आबद्ध युवा अभियन्ता र अनुभवी विज्ञलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने भनिएको छ ।
यस अगाडि काठमाडौँ महानगरका मेयर बालेन साहलाई रास्वापाले भावी प्रधानमन्त्रीको रुपमा स्विकार्ने सहमति भएको थियो।
















