एमाले चुनाव : दिनभरमा जम्मा ५० प्रतिशत मतदान, अझै रातभर लाग्ने अनुमान
इलेक्ट्रोनिक भोटिङका कारण मतदानमा ढिलासुस्ती, प्रतिनिधि लाइनमै कुर्न बाध्य
सन्तोषी रावल /
काठमाडौं/ बिहान आठ बजेबाट सुरु भएको मतदान प्रक्रिया अझै पनि जारी रहेको छ । मतदान स्थलमा प्रतिनिधिहरू लामो लाइनमा बसेर आफ्नो पालो कुरिरहेका छन् । आयोजक पक्षका अनुसार एक घण्टामा करिब सय जना प्रतिनिधिले मतदान गर्न सक्ने अनुमान गरिए पनि प्रणालीगत कारणले मतदान प्रक्रिया अपेक्षाकृत ढिलो भएको देखिएको छ ।
मतदान गरिसकेका प्रतिनिधिहरूका अनुसार एक जना प्रतिनिधिलाई भोट हाल्न औसत २५ देखि ३० मिनेटसम्म समय लागिरहेको छ । यसले गर्दा लाइनमा बसेका अन्य प्रतिनिधिहरूले लामो समय कुर्नुपरेको छ । कतिपय प्रतिनिधिले यो पहिलो पटक मतदान गरिरहेको नभए पनि यस पटकको प्रक्रिया निकै सुस्त भएको प्रतिक्रिया दिएका छन् ।
इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्दा मतगणना सहज र छिटो हुने अपेक्षा गरिए पनि मत हाल्ने चरणमै ढिलाइ भएको प्रतिनिधिहरूको गुनासो छ । प्रणाली बुझ्न समय लाग्नु, प्राविधिक प्रक्रिया जटिल हुनु तथा सीमित मेसिनका कारण मतदान गति सुस्त भएको उनीहरूको भनाइ छ ।
मतदान पक्रिया छिटो र व्यवस्थित बनाउन थप व्यवस्थापन आवश्यक रहेको भन्दै प्रतिनिधिहरूले समयमै समस्या समाधान गर्न आयोजकको ध्यानाकर्षण गराएका छन् । इलेक्ट्रोनिक भोटिङका कारण मतदानमा ढिलासुस्ती, प्रतिनिधि लाइनमै कुर्न बाध्य छन् ।
बिहान आठ बजेबाट सुरु भएको मतदान प्रक्रिया अझै पनि जारी रहेको छ । मतदान स्थलमा प्रतिनिधिहरू लामो लाइनमा बसेर आफ्नो पालो कुरिरहेका छन् । आयोजक पक्षका अनुसार एक घण्टामा करिब सय जना प्रतिनिधिले मतदान गर्न सक्ने अनुमान गरिए पनि प्रणालीगत कारणले मतदान प्रक्रिया अपेक्षाकृत ढिलो भएको देखिएको छ ।
मतदान गरिसकेका प्रतिनिधिहरूका अनुसार एक जना प्रतिनिधिलाई भोट हाल्न औसत २५ देखि ३० मिनेटसम्म समय लागिरहेको छ । यसले गर्दा लाइनमा बसेका अन्य प्रतिनिधिहरूले लामो समय कुर्नुपरेको छ । कतिपय प्रतिनिधिले यो पहिलो पटक मतदान गरिरहेको नभए पनि यस पटकको प्रक्रिया निकै सुस्त भएको महाधिवेशन प्रतिनिधि फुर्वा सेर्पाले बताए । उनले भोट हाल्दा पच्चिस मिनेट लागेको जानकारी दिए ।
त्यस्तै अर्का प्रतिनिधि दिपक निरौलाले खुट्टाको समस्याका कारण बैशागिको साहारामा भोट हाल्न उपस्थित भएका छन् । उनलाई खुट्टाका समस्याका कारण आफ’ले लाइन बसेर कुर्नु नपरेको बताए । उनले भोट हाल्दा सहज नै भएको र केही अफ्ठेरो हुँदा स्वयंसेवक साथीहरूले साथ दिएको जानकारी दिए ।
इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्दा मतगणना सहज र छिटो हुने अपेक्षा गरिए पनि मत हाल्ने चरणमै ढिलाइ भएको प्रतिनिधिहरूको गुनासो छ । प्रणाली बुझ्न समय लाग्नु, प्राविधिक प्रक्रिया जटिल हुनु तथा सीमित मेसिनका कारण मतदान गति सुस्त भएको उनीहरूको भनाइ छ ।
मतदान प्रक्रिया छिटो र व्यवस्थित बनाउन थप व्यवस्थापन आवश्यक रहेको भन्दै प्रतिनिधिहरूले समयमै समस्या समाधान गर्न आयोजकको ध्यानाकर्षण गराएका छन्।
नेपाल न्युज बैङ्क















