मोहन कार्कीलाई अदालतमा उपस्थित गराउन आदेश
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ मिशिगनका एक संघीय न्यायाधीशले ओहायो निवासी नेपाली भाषी भुटानी मोहन कार्कीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
एउटा पुरानो मुद्दा उल्टाउँदै अमेरिकी आप्रवास र भन्सार प्रवर्तक (आइस) ले कार्कीलाई गत अप्रिलमा पक्राउ गरेको थियो।
मोहनको अदालतमा उपस्थित हुने अधिकार खोस्दै आइसले मंगलवार उनलाई देश निकाला गर्ने तयारी गरिरहेको खबर सार्वजनिक भएको थियो।
अमेरिकाको ओहायो निवासी नेपाली भाषी भुटानी मोहन कार्कीलाई ‘डिपोर्टेशनको जोखिममा
सोमबार साँझ मिशिगनको एक संघीय अदालतले आइसको प्रयासलाई अस्वीकार गर्दै कानुनी प्रक्रियामा सहभागी गराउन भनेको हो।
जस अनुसार अब बुधवार मोहनलाई अदालतमा हाजिर गराउनु पर्ने हुन्छ।
‘अहिले सम्मको स्थितिमा आजको डिपोटेशन टर्यो र भोलि आइसले मोहनजीलाई अदालतमा उपस्थित गराउँछ भन्नेमा हामीले विश्वास गरेका छौ।‘ एसियन रिफ्युजीज युनाइटेड (एआरयु) का सह-कार्यकारी निर्देशक/सीईओ रविन गुरुङले समाज टाइम्स सँग भने।
एआरयु लगायतका संस्थाहरूले मोहनले कानुनी प्रक्रिया पुरा गर्न पाउनु पर्ने माग गर्दै आएका छन्।
‘अदालतमा उपस्थित भएर मोहनजीले आफ्नो कुरा रान्न पाउनु पर्छ भन्ने हाम्रो माग हो।’ गुरुङले भने।
‘हामी विश्वस्त छौ।‘ गुरुङले भने,’ आइसले आदेश मान्छ, मोहन कानुनी प्रक्रियामा जान पाउँछन्।‘
यसै बीच एआरयुले मोहनको न्यायका लागि आफूहरूको आह्वानमा सामेल हुने सबैमा धन्यवाद व्यक्त गरेको छ।
‘हिजो, मिशिगनका एक संघीय न्यायाधीशले मोहनको अदालतमा उपस्थित हुने अधिकार खोस्ने आइसको अन्तिम प्रयासलाई अस्वीकार गरे। भोलि, १२/३ मा, मोहनले आफ्नो बन्दी मुद्दा अदालतमा र व्यक्तिगत रूपमा प्रस्तुत गर्नेछन्। न्यायलाई अगाडि बढाउन हाम्रो आह्वानमा सामेल हुने धेरै व्यक्तिहरूप्रति हामी आभारी छौँ ।‘ एआरयुको सामाजिक सञ्जालमा भनिएको छ।












