हाम्रो आफ्नो नारायण गोपाल को हो? हाम्रो भक्तराज को हो? : आर पी सुब्बा
म मेरो नाम आर पी सुब्बा । मेरो पहाड उता साम्ची भुटान। सेरपची कलेज । १९८४ देखि अध्ययनरत छु । १९८९ सम्म चाहिँ म सेरपची कलेजमा थिए। त्यहि समय देखि यो नेपाली भाषा के हो लिटरेचर के हो भन्ने कुरामा थोरबहुत सिक्ने बुझ्ने र त्यसमा अलिकति कार्यरत पनि हुने मौका पाएको थिए।
अब आज त हामीलाई यहाँनिर चाहिँ यस्तो हलमा बसेर लिटरेचरको कुरा गर्नु धेरै सुविधा छ। तर त्यतिखेर चाहिँ लिटरेचर भन्नु अथवा लिटरेचरको काम गर्नु यति सजिलो थिएन। तर सेरपचेमा अघि महासचिव जी ले भन्नुभयो १९८० देखि एनएलएस भनेर नेपाली लिटरेचर सोसाइटी भनेर एउटा क्लबको रुपमा चलेको थियो।
त्यो क्लबमा हामीहरु सबै । ओबियस्ली त्यो समयमा कस्तो थियो भने अलिकति माहोल पनि त्यस्तै भाषा माथि राज्यले पेलान गरिरहेको अवस्था हाम्रो भाषाहरु किसिम किसिमले भाषा माथि आक्रमण भइरहेको अवस्था । त्यो टाइममा हाम्रो आकर्षण नेपाली लिटरेचर सोसाइटी पट्टि हुनु एकदम स्वाभाविक थियो र हामी त्यहाँ गयौ ।
अब नेपाली लिटरेचर सोसाइटीले के गर्थ्यो त काव्य लेखेको लेख्थ्यो कि के लिटरेचर लेख्थ्यो कि के हो के गर्थ्यो अहिले जस्तो त्यस्तो थिएन । वातावरण जस्तो थिएन ।
हामी के गर्थ्यौ सानो रुपमा एउटा लोकल एउटा कस्टमाइज रुपमा के गर्न सकिन्छ । त्यति नै गर्ने प्रत्येक शनिवार होला बेलका तिर हाम्रो सात बजे तिर हाम्रो भेला हुन्थ्यो । मिटिङ हुन्थ्यो, यो फर्मल थियो । तर यो अर्गनाइजेसन अघि भाइले भनेको जस्तो सरकारले यसलाई मान्यता दिएकै भएपनि उनीहरुको मनिटर त्यति हुँदैनथ्यो।
स्टुडेन्ट बढी त्यसको एउटा गभर्निंग बढी सेलेक्सन हुन्थ्यो। प्रेसिडेन्ट हुन्थे, सचिव हुन्थे। अघि शिवराज भट्टराईको कुरा आयो। उहाँ एक समयको उहाँ पनि उहाँ त्यसको चेयरम्यान हुनुहुन्थ्यो, प्रेसिडेन्ट हुनुहुन्थ्यो। यहाँ विश्व जी हुनुहुन्थ्यो, उहाँ पनि त्यसको कार्यवहाक हुनुहुन्थ्यो। एक जमाना एक जमानामा एनएलएफ यसको। अ, अब एनालिसिसले के गर्थ्यो भन्ने कुरा मोस्टली अब लिटरेचर सँगसँगै यो साहित्य मात्र होइन।
किनभने हामी मात्र त्यो ग्रुप थियौँ जसले साहित्यलाई पनि सोच्नु पर्ने थियो। जसले कल्चर त्यतिखेर कल्चर आक्रमणमा परिरहेको अवस्था त्यसको बारेमा पनि चिन्ता गर्नु पर्ने थियो। जसले राजनीति भुटान भित्र राजनीतिले के खेपिरा छ हामी प्रति त्यो कुरामा चिन्ता गर्नु पर्ने पर्ने थियो।
र यसै क्रममा त्यो गर्ने क्रममा लेखन हुने एउटा अब एउटा घटना छ।
तपाईंहरु १९८९ मा कल्चर पनि हामीले हेर्नु पर्ने भन्ने कुरामा चाहिँ विशेषगरी दशैँ तिहारको दुर्गा पुजा ।
दुर्गा पुजा एउटा हाम्रो सिम्बोलिक हामीलाई युनाइट गर्ने हाम्रो कल्चर पट्टि हामीलाई नजिक बनाएर राखिरहने यस्तो एउटा अवसर हुँदाखेरि त्यो गरियो। यो टाइममा म काङ्लुमा म थिइन।
यो टाइममा बिश्वसर जी हुनुहुन्थ्यो। अलि पछाडि मैले छोडेर अलि पछाडि हो। तर त्यो घटना के भने चाहिँ दुर्गा पुजा भयो। मुर्तिलाई सेलाउन पर्ने स्थिति त आउँछ। मुर्ति सेलाउन जाँदै गर्दा एउटा प्रोसेसन जस्तै भएर जानु पर्यो नि मुर्तिलाई लिएर त्यो जाँदै गर्दा खेरि त्यो काङ्लुको गेट छ। रोडमा त्यहाँ जादै गर्दा खेरि चाही एक हुल नोदर बुटनेस स्टुडेन्ट्सहरु ड्रुप्पा विद्यार्थीहरु हाम्रै समकालिन हाम्रै हस्टेलमा बस्ने हाम्रै क्लासमा बस्ने साथीहरु उहाहरुले चाही ग्रुप बनाएर यो दुर्गा पुजा चलाउन जाने ग्रुपलाई बिचमा रोकेर अनि धनुकाड लिएर अनि आक्रमण गर्न लागेको । मलाई विद्यार्थी संग त्यतिखेर विद्यार्थी संग मोडल पनि थिएन।
एसओपी थिएन त्यो टाइम। फर्मलाइज रुपमा थिएन। एकदम अर्गनाइज्ड थिएन। अनि त्यसो भएकोले गर्दाखेरि आक्रमण त्यसरी हुन लाग्यो धन्न यो चाहिँ अप्रिय घटना चाहिँ भएन त्यहाँ निर तर के देखियो भन्दा खेरि चाहिँ उहाँहरुले हाम्रो सन्तुष्टि प्रति हाम्रो भाषा प्रति ओभरअल हाम्रो आइडेन्टिटी प्रति एक किसिमको नराम्रो भावनाले देख्ने र यहाँ सम्म पुग्ने कि उहाँहरु चाहिँ फिजिकल अट्याक समेत गर्न सक्ने अवस्था भइसकेको थियो र यस्तोमा गुज्रेर बाँचेर एनएलएस अगाडी हामीले लगिरा थियौं।
एउटा कुरो त्यो भयो। त्यो मेरो परिचय अब एनएलएससँग सेरपचेको कुरा सेरपचे पछाडि म फेरि १९८९ मा ग्रजुएट गरेपछि त्यहाँ म साम्चीमा आए नेसनल इन्स्टिच्युट अफ एजुकेशन जहाँ चाहिँ पोस्ट ग्रजुअल सर्टिफिकेट सर्टिफिकेट इन एजुकेशन भनेर पीजीसीई भन्ने कोर्स नयाँ खुलेको थियो।
त्यहाँ म आए आउनको कारण अलगै छन् तर त्यहाँ म बेला भए। त्यो आएपछि चाहिँ त्यहाँ पनि अब एउटा मात्रै होइन साम्ची एनआईमा पनि नेपाली लिटरेचर सोसाइटी त्यसलाई पनि एनएलएस नै भनिन्थ्यो। अनि त्यो एनएलएस त्यहाँ पनि रैछ म जब जोइन हुँदा खेरि त्यहाँ रैछ भनेपछि म त्यहाँ फेरि फसे। अब फसेपछि फेरि म कांग्लुमको पनि एक्सपिरियन्स लिएर आएको मान्छे फेरि पीजीसीको विद्यार्थी हुनाले त्यहाँको सिनियर पनि भए। मलाई नै उहाँहरुले प्रेसिडेन्ट प्रेसिडेन्ट बनाइदिए।
अब प्रेसिडेन्ट बनाएपछि हाम्रो मेरो मेन भूमिका के थियो भन्दा खेरि चाही त्यो क्लब हुने तर शान्ति र सेर र चाही म अलि फरक के छ भन्दा खेरि सेरपचम मा स्वत विद्यार्थीहरुले त्यो क्लब आफै संचालित हुन्थ्यो शनिबारको मिटिङ आफै गर्थ्यो एजेन्डा आफै सेट गर्थ्यो त्यहाँ कुनै उनीहरुले तोकेको यो मान्छे तपाईहरुको इन्भिजिलेटर हो यो मान्छे तपाईहरुको सुपरभाइजर हो भन्ने कुरा थिएन तर शान्तिमा कस्तो भने इट वाज पार्ट अफ द करिकुलम तपाईको हाम्रो आठवटा एउटा पिरियड हुनुपर्छ।
आठ वटामा चाहिँ एभ्री फ्राइडे चाहिँ छ वटा पिरियड भएपछि लास्टको दुई पिरियड चाहिँ एनएलएसको पिरियड हुन्छ। जानै पर्ने छ बाटो त घरेकुलो जानै पर्ने तर त्यहाँ चाहिँ अब त्यो उनीहरुले डिपार्टमेन्ट लेन्सरी दिएको हुनाले गर्दाखेरि अलिकति स्ट्रिक्ट उहाँहरुले दिएको इन्भिजुलेटर उहाँले दिएको एउटा मोनिटर उहाँको गार्डनेस आइरहने उहाँहरु मोनिटर पनि गर्न आउन सक्नु सक्ने हैन एभ्री टाइम नआउने तर कोको बेला आउने यस्तो थियो।
अनि यो विशेषगरी उहाँहरुको सेन्सिटिभिटी के थियो भने भने चाहिँ यिनीहरुले कुनै त्यो टाइममा त माहोल तातेको थियो। यो ८९ को कुरा गरेको छु। ८९ मा भुटानको माहोल तातिसकेको छ। यो टाइममा विद्यार्थीहरुले विद्यार्थी जेम्सी हैन उनीहरुले केहि लेखे भने के लेख्छन? है उनीहरुले लेखे भने अथपत लेख्दैनन् त्यहि। भुटानमा त्यस्तो लेख्ने धेरै प्राक्टिस थिएन। तर लेखे भने के लेख्छन त?
पोलिटिकल यो खालको अलिकति रादिकल मेसेजहरु भएका पेजहरु लेख्छन्, कविताहरु लेख्छन्। अब म प्रेसिडेन्ट थिए। मैले के गर्नु पर्थ्यो भन्दा चाहिँ त्यो सबै भेला पारेर चाहिँ एडिट गर्नु पर्ने, जान्नु पर्ने। अनि हाम्रो एउटा वॉल बोर्ड थियो। ठूलो वॉल बोर्ड राखेको थियो। त्यो बोर्डमा चाहिँ त्यो बोर्ड चाहिँ वाइट बोर्ड हो। बीचमा एउटा चाहिँ रातो रिबनले ५०-५० रातो रिबनले त्यहाँ निर चाहिँ डिभाइड गरेको थियो।
एक पट्टि जोङ्का भाषाको पर्यो। अर्को पट्टि नेपाली भाषाको पर्यो।
त्यो आफ्नो आफ्नो पोर्सनमा चाही हामीले लेखेका कृतिहरु भाइहरुले लेखेका कृतिहरु लगेर टाल्नु पर्ने आफ्टर एडिटिङ र त्यसलाई एप्रुभ गरेपछि सन्दर्भ के भयो भन्दा खेरि उनीहरुले चाही उनीहरुको प्रेयरहरु के के हरु उनी लेखेर जे सुकै पाउछन जानेको नजानेको मिलेको नमिलेको सबै कुरो लेखेर ल्याएर ट्याम ट्याम टाल्ने उनीहरुलाई उनीहरुको स्पेसले नपुग्ने अब हाम्रो पट्टि चाही मेरो भाइले नलेख्ने ।
अब ठाउँ हाम्रो त अलमोस्ट आदि पनि अकुपाई नहुने । उनीहरुले के गर्न थाले भन्दा खेरि चाही उनीहरुको त्यो त्यो रिबन त्यो बिचको जुन डिभाइडिंग रिबन थियो त्यसलाई सार्दै सार्दै सार्दै उनीहरुको उनीहरुको टाल्दै ल्याउदै हाम्रो चाही उनीहरुमा पठाइदियो ।
त्यो हामीलाई मन परेन फेरी अब हामीलाई त ५० ५० गर्नु छ हैन उनीहरु पनि त्यस्तै क्लब हामी पनि त्यस्तै क्लब अनि हामीले मैले के भने भनेचै अब मैले अब सोच्नु पर्यो त्योलाई अकुपाई गर्न को लागि त हाम्रो मान्छेले लेख्नु पर्यो अनि लेखौ न भाइ हरु लेखौ लेखौ अब म त्यति स्ट्राइक गर्दिन टाल्दिन्छु भनेर चै भनेको त्यस्तै खालको त्यस्तै लेख्ने ।
अनि र पनि पुगेन हामीलाई अब जे लेख्छौ तिमीहरु नै गएर टाल भन्ने मेरो पालो एउटा फ्रिडम अफ एक्सप्रेसन लाई चै मान्यता । पढिदिनु पर्छ उनीहरुको यो भन्दा पनि हिसाबले ।
अनि भाइहरुले के के लेख्ने कविता पोलिटिकल त्यही रेडिकल मात्रै राजालाई हानेको छ, पलिसीलाई हानेको छ, त्यति भएको छ, भुटानको स्थितिलाई हानेको छ, उनीहरुलाई त यो कुरा अबियसली बचेको हुँदैन।
अनि यो चाहिँ एकजना लोपेन, जिग्मे भन्ने लोपेन हुनुहुन्थ्यो। जसले नेपाली भाषा मजाले पढ्नुहुन्थ्यो। है, उहाँले हेर्नुभएको छ। सबै टिप्नुभयो। टिपेर चाहिँ डाइरेक्टर हुनुहुन्थ्यो। डाइरेक्टरको अफिसमा लगेर चाहिँ बुझाइदिनुभयो। बुझाएपछि बेमार टिनले भनेछ डाइरेक्टर हो। डाइरेक्टर हो।
अनि उहाँले उहाँलाई यो मान्छेले सबै ट्रान्सलेट गरेर यसो यसो भनिराछ भनेर बताइदिएपछि डाइरेक्टर फायर मलाई अफिसमा बोलाएर एक्सप्लेनेसन मागेर त्यहाँ हुँदा म पनि उसको राइडरमा परिहाले।
है, यसरी चाहिँ सम्बन्ध म त्यतिखेर फेरि एनआईमा गाको त्यही दुई महिना तीन महिना मात्र भइराको छ। अनि यसरी चाहिँ यो भको थियो। त्यो डिफरेन्स त्यही हो।
अब उहाँनिर काङ्लुङमा चाहिँ अलिकति हामी बीचमा हुनाले गर्दाखेरि एडमिनिस्ट्रेसनले हामी भित्रको चर्चा धेरै चाहिँ थाहा भएन होला।
हो मैले त केहि भने पा छैन टाइम सकिए छ।
मैले ल यसलाई म यही राख्छु अब यो नेपाली भाषा परिषद संग मैले यो मात्र कुरा गर्ने मैले सोचेको थिएन आज ।
अलि अलि लामै खालको चाही मेरो अन्तरक्रिया हुन्छ होला भनेर सम्झेको थिए म छोटकरीमा भन्छु । मलाई यो भाषा परिषद कता गइराछ भन्ने मा अलिकति को संग कुरा गरौ कसलाई भेटौं ?
किनभने तपाईहरु भित्रबाट त्यति देख्नु देख्नुहुन्न होला बाहिरबाट हामी हामीले केही अब्जर्व गर्छौं हैन यो कता गइराछ भन्ने कुरामा अलिकति यो एकदम सक्रिय र भएर आउनु राम्रो हो कहाँको एनआई कहाँको कांग्लुम आज कहाँ छौ हामी । हैन यत्रो किताब त्यहाँ देखि निक्ले रहे छ । अब कसरी एक जना मान्छेले २२ वटा किताब लेखेको होला मैले एउटा किताब लेख्न १० वर्ष भयो सुरु गरेको सकेको छैन ।
हैन है यसले गर्दा खेरि त तपाईंहरुको जुन उपलब्धि ठुलो छ तर समाज समाजमुखी समाजमुल्क यतापट्टि जाओस् अघि उहाँले भन्नुभएको यसलाई चाहिँ यो सेप्टेम्बर महिनालाई चाहिँ एउटा घोषित गरेर चाहिँ एउटा कार्यक्रम बनाउने यसलाई मान्यता यसो राख्ने बेस्ट ।
यसरी नै यो भइसकेपछि है यो भइसकेपछि तपाईहरुले साहित्यमा भुटानको देउकोटा हाम्रो आफ्नै हुनुपर्छ भुटानको देउकोटा निकाल्नुहोस् । भुटानको भानुभक्त निकाल्नुहोस् हाम्रै हुनुपर्छ ।
हामी नेपाली साहित्य भनिराछौ भने नेपालसँग नेपालमुखी हुनु त्यति जरुरी छैन । मान्छौ हामी भक्त मान्छौ पौडेल मान्छौ हैन तर हाम्रो आफ्नै हुनुपर्छ संगीतमा हाम्रो नारायण गोपाल को हो तपाई नारायण गोपाल यहाँ नेपालको चै एउटा एउटा गीत गाउने मान्छे आउछ उतै कुद्ने हैन अब यो मेरो क्रिटिसिजम हो यसलाई मेरो कसरी लिनुहुन्छ त्यसरी नै हो मैले देखेको कुरा हो तर हाम्रो आफ्नो नारायण गोपाल को हो? हाम्रो भक्तराज को हो? यसरी चाहिँ अब अनेक होलान्। यतापट्टि जिन्ता जाओस्।
अर्को कुरा चाहिँ अब यहाँ आउँदा खेरि धेरै कुरो बुझ्न पाइँदो रहेछ, सिक्न पाइँदो रहेछ। मैले धेरै सिके पनि सिकिराख्या छु। उपलब्धि मुलक हुँदो रहेछ। एभ्री एयर यो कार्यक्रम हुँदा खेरि मलाई पनि निम्तो दिनुहोला। है, म सिक्नलाई आउने हो। है, धेरै कुरो चाहिँ म गर्ने होइन, सिक्नलाई आउने हो।
अनि अर्को लास्ट म्यासेज दिएर म हिड्छु है। अब यहाँ निर अर्को कुरा चाहिँ एउटा कमन ल्याङ्ग्वेज भनेर हामीले ब्रेनमा मेरो जुन संगठनमा म एउटा इन्भल्भ छु हैन हामीसँग इग्रेट गरेका साथीहरु हुनुहुन्छ। एउटा कमन ल्याङ्ग्वेज भनेर तपाईहरु के हो तपाईहरु के हो त भन्दा खेरि तपाईहरु एउटा बीचको माध्यम हो।
उता गएर दार्जिलिङको, सिक्किमको, बर्माको, कता कताको तपाईको चाहिँ साहित्यिक ग्रुपहरुसँग तपाईंहरुको कुराकानी तपाईंहरुबाट गइराछ। यता कम्युनिटीमा पनि तपाईंहरुबाट गइराछ। तिमीहरुको कम्युनिटीमा तपाईंहरु हुनुहुन्छ। त्यो न्यारेटिभ चाहिँ के जान्छ? तपाईंले के लानुहुन्छ बोल्दाखेरि? उता के भन्नुहुन्छ? यता के भन्नुहुन्छ? त्यसले एउटा माहोल सेट गर्छ। अब राम्रो भइदियो भने हाम्रो पोजिटिभ भयो। नराम्रो भइदियो भने त जिग्मेले नराम्रो गरेकै छ नि। हैन र?
त्यसलाई सुधार्ने कमन ल्याङ्ग्वेजमा हामी नेपाली हौ। नेपाली म नेपाली भन्ने कुराबाट अलिकति सच्चिनु पर्छ होला भने यो कन्ट्रोभर्सी हुन सक्छ यसमा। पोलिटिकल्ली हैन यो कन्ट्रोभर्सी ल्याउने हामीले गर्न सक्ने भनेको जुन कुरो बोल्दा खेरि कन्ट्रोभर्सी बाट हामी अलगिन सकिन्छ। जुन कुरो अलि नजिक सत्यताको नजिक जान्छ। नेपाली भाषी भुटानी अहिले उपलब्ध शब्द नपाइन्जेल सम्म त्यो शब्द लेस कन्ट्रोभर्सियल छ।
हैन तर म नेपाली हु भन्दा खेरि चाही अर्कै नेरिटिभ सुरु भैगो। यसलाई राजनीतिक हिसाबले बुझ्नु पर्छ। है, त्यसले गर्दा त्यो त्यो गर्नुहोस्। अ यहाँ मैले बुझ्दा खेरि अब हरि जी खनाल जी सँग अघि कुराकानी भयो। धेरै काम गरिराख्नु भएको रहेछ उहाँले। तपाईंहरु प्रत्येकले के रे काम ठूलो काम गरिराख्नु भाछ। यो कुरा नदेखेको होला तर गरिराख्नु भाछ। अब यो सबै कुराको रेकर्ड यसको लेखाजोखा कहाँ कहाँ बस्छ यो?
यो त इतिहास हो। इतिहास त त मैले बनाउन खोजेकै हो नि त आफ्नो तर्फबाट। त्यो कहाँ रेकर्ड हुन्छ कहाँ राखिन्छ?
ब्रेन भन्ने संगठनले यो कुरालाई आर्काइभ गर्ने आर्काइभ गर्ने राख्ने रेकर्ड गर्ने सुरक्षित तरिकाले हैन अब जुन हाम्रो एउटा हाम्रो फिजिकल लाइब्रेरी हाम्रो डिजिटल त पनिहाल्छ हैन हामी हामीसँग नेपालबाट ल्याएको ५० सौ हजारका डकुमेन्ट्स छन् सुरक्षित छन् किताब रेयर बुक्स छन् अब यसमा पनि जोड्नको लागि तपाईंहरुको काम तपाईंको कल कोलापोरेसन यो सबैको र यसमा यहाँहरुलाई म हार्दिक स्वागत गर्छु प्रेमको म यसको चेयरम्यान पनि हो र म सँग राम्रो टिम हामीसँग हामी छोडेका छौं।
हैन? नारायण जी हुनुहुन्छ। विश्व जी हामी दुईजना त यही छौं। भगरिथ जी यहाँको मालिक हुनुहुन्छ। हैन? उहाँ पनि हो। अरु पनि छन्। त्यसले गर्दाखेरि यही एउटा छोटो मेसेजको लागि तपाईंलाई निवेदन गरे। हस धन्यवाद।
(सुब्बाको मन्तव्य भिडियोमा)
(साहित्य परिषद् भुटानको पेन्सिल्भेनियाको ह्यारिसबर्गमा नोभेम्बर ८ तारिख भएको ११ औ सम्मेलनमा सुब्वाद्वारा व्यक्त विचार सं.।)
र यो पनि …
नेपाली भाषी भुटानीहरूको पहिचान: विगत, वर्तमान र भविष्यको यात्रा – एक प्रस्तावनाः
साहित्य परिषद् भुटानको ११ औ सम्मेलन ह्यारिसबर्गमा सम्पन्न
ह्यारिसबर्गमा यस कारण गरियो विश्व क्षेत्रीको सम्मान
पूर्व शिक्षक, खेलाडी एवं संङ्गितकर्मी अमल थुलुङ ह्यारिसबर्गमा सम्मानित















