पूर्व शिक्षक, खेलाडी एवं सङ्गीतकर्मी अमल थुलुङ ह्यारिसबर्गमा सम्मानित
|
तपाइले यो समाचार यहाँ सुन्न पनि सक्नु हुन्छ:
Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग पेन्सिल्भेनिया/ अनुभवी शिक्षक, खेलाडी, सङ्गीतकर्मी र समुदायका नेता अमल थुलुङलाई पेन्सिल्भेनियाको ह्यारिसबर्गमा सम्मान गरिएको छ।
साहित्य परिषद् भूटानको ११ औ सम्मेलनमा नोभेम्बर ८ तारिख थुलुङलाई सम्मान गरिएको हो।
शिक्षा क्षेत्रका साथ साथै खेलकुद र सङ्गीतको तर्फबाट समुदायलाई लामो समय योगदान दिएको कदर गर्दै थुलुङलाई सम्मान गरिएको हो।
सम्मेलनका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सर्वज्ञ वाग्लेले थुलुङलाई कदर पत्र प्रदान गरेका थिए।
थुलुङले शुरुमा सम्मानको कुरा आउदा आफुलाई अप्ठेरो लागेको बताए।
‘सम्मान पत्र को लागि छनौट भएको थिए, अनि खेम भाईले मलाई एप्रोच गर्नुभएको थियो अनि मलाई धेरै अप्ठ्यारो लागिरहेको थियो।‘ थुलुङ्ले भने, ‘म त त्यसको लायक छुइन होला भन्ने खालको कुरामा मैले मेरो दृष्टिकोण राखे आफ्नो तर भाईले भन्नुभयो हाम्रो दृष्टिकोणमा छुट्टै हुनुहुन्छ तपाई हाम्रो मूल्यांकनमा।‘
‘आफुले जे देखेको छु जे गरिरहेको छु त्यहि मात्रै सहि होइन रहेछ मैले अरु कसरी हेरिरहेको छ मलाई समाजले मलाई कसरी हेरिरहेको छ भन्ने कुराको पनि मैले हेक्का राख्नु पर्ने रहेछ भन्ने त्यो महसुस गराइदिएको छ।‘ थलुङले भने।
अमल थुलुङलाई प्रदान गरिएको कदर पत्रको पूर्ण पाठ
श्री अमल थुलुङ ज्यू प्रति
एक अनुभवी शिक्षकका साथै खेल तथा नेतृत्व प्रशिक्षकका रुपमा रहेर तपाईँले समुदायमा व्यक्तित्व विकास व्यावसायिक नेतृत्व र सामाजिक रूपान्तरणका क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। हामी तपाईँको बहुआयामिक नेतृत्व उद्यमशीलता र सामुदायिक सेवाबाट प्रेरित भएका छौँ।
तपाईँले एक सफल फुटबल खेलाडीका रुपमा आफूलाई स्थापित मात्र गर्नुभएन। खेलकुद क्षेत्रको सर्वाङ्गीण विकासका लागि अनेक कार्यक्रमहरूको आयोजना गरेर खेलकुदको विकास सामाजिक सशक्तीकरण र एकतामा जोड दिनुभयो।
तपाईँको ड्रुक इन्टरशेश्नल सितोरियो कराते डो एसोसिएसन (डिस्का) र भुटनीज अमेरिकन म्युजिक एसोसिएसन बामा जस्ता सङ्गठनहरूको आबद्धताले खेलकुद र संगीतको विकास प्रति गहिरो लगाव र अभिरुचिलाई प्रतिबिम्बित गर्छन्।
यसरी शरणार्थी शिविरमा होस् या पुनर्वासमा तपाईँले निरन्तर तीन दशक भन्दा लामो समय खेलकुद र सामाजिक उत्थानमा पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै साहित्य परिषद् भुटान यस कदर पत्रबाट सम्मान गर्दछौँ।
धन्यवाद।
खेम रिजाल
सचिव सायद साहित्य परिषद् भुटान
सर्वज्ञ वाग्ले
प्रमुख अतिथि अध्यक्ष अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
गङ्गाराम लामिछाने
अध्यक्ष साहित्य परिषद् भुटान
नोभेम्बर ८ २०२५ धन्यवाद
र यो पनि …
ह्यारिसबर्गमा यस कारण गरियो विश्व क्षेत्रीको सम्मान
युफोरिया ब्यान्डका संस्थापक रत्न गुरुङ ह्यारिसबर्गमा सम्मानित















