साहित्य परिषद् भुटानको ११ औ सम्मेलन ह्यारिसबर्गमा सम्पन्न
|
तपाइले यो समाचार यहाँ सुन्न पनि सक्नु हुन्छ:
Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ साहित्य परिषद् भुटानले ११ औँ सम्मेलन शनिवार अमेरिकाको पेन्सिल्भेनियाको ह्यारिसबर्गमा सम्पन भएको छ।
६ घण्टा भन्दा बढी समय चलेको सम्मेलनमा नेपाली भाषा र साहित्यका बारेमा चर्चा गरिएको थियो।
सम्मेलनमा शिवलाल दाहालले ‘नेपाली भाषा विरासत दिवस – एक अवधारणा’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए।
यस्तै डा. भोला सिवाकोटीले पनि नेपाली भाषाका बारेमा अर्को कार्यपत्र प्रस्तुत गरे। भर्जिनिया निवासी ब्रेन लाइवेरीका अध्यक्ष आर बी सुब्बाले पनि नेपाली भाषाका बारेमा धारणा राखेका थिए।
कार्यक्रममा सन्चमान ज्यो ज्योका लेखक कृष्ण सुब्बा मुना स्मृति पुरस्कारबाट पुरस्कृत भएका थिए । पत्रकार भक्त घिमिरेको सौजन्यमा सुब्बालाई पन्ध्र सय एक डलर र प्रमाण पत्र वितरण गरिएको थियो ।
सम्मेलनमा “अन्त्यको सुरु” छन्द कविताको विमोचन समेत गरिएको थियो।
यस्तै सुकरा साङ्गीतिक पुरस्कारबाट गोविन्द हुमागाईँ, अम्मर तुम्बापो र छवि न्यौपाने पुरस्कृत भए । तिनै श्रस्टालाई पाँच सय एक डलरले पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो।
परिषदमा क्यानडा च्याप्टरका निर्देशक खगेन्द्र गौतम र कृष अधिकारी संयुक्त रूपमा पुनर्वासपछिको नेपाली साहित्यका विषयमा एउटा डिजिटल कार्यपत्र (प्रेजेन्टेसन ) प्रस्तुत गरेका थिए ।
ब्राइट हुड डे क्यारको हलमा प्रस्तुत भएको कार्यक्रममा विश्व साहित्यिक मञ्चका अध्यक्ष सर्वज्ञ वाग्लेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
सम्मेलनमा समुदायका नेता तथा अधिकारकर्मी विश्व क्षेत्री, संगित तथा खेलकर्मी अमल थुलुङ र रत्न गुरुङलाई करद पत्र सहित सम्मान गरिएको थियो।
यस्तै आइतसिंह राइ, पदम विश्वकर्मा, रमेश दियालीलाई पनि सम्मान गरिएको थियो ।
परिषद्का अध्यक्ष गंगा लामीटारेको सभापतित्वमा भएको सम्मेलनमा कार्यक्रम सञ्चालन खेम रिजालले गरेका थिए।















