डा. भुवन गौतम एएनओ अमेरिकाको अध्यक्ष चयन
कारलय, पेन्सिल्भेनिया/ डा. भुवन गौतम एसोसिएसन अफ नेपाली ओरजिन (एएनओ) अमेरिका कमिटीको अध्यक्ष चयन भएका छन्।
एएनओ अमेरिकाको शनिवार पेन्सिल्भेनियाको कारलयमा सम्पन्न राष्ट्रिय सम्मेलनले गौतमलाई अध्यक्ष चयन गरेको हो।
२१ सदस्यीय कमिटीको उपाध्यक्षमा डा. सन्जु महतो चयन भएका छन्।
यस्तै सचिवमा विवेक पौडेल, सहसचिवमा चन्द्र पराजुली, कोषाध्यक्षमा तृष्णा चिमोरिया र सहायक कोषाध्यक्षमा सब्या बिष्ट चयन भएका छन्।
प्रवक्तामा केशव आचार्य रहेका छन्।
सदस्यहरूमा सुबोध घिमिरे, पुनम दुलाल, रनसिंह मगर, गण्डकीपुत्र, दीपक जङ्ग विश्वकर्मा, डा. जोन मगर, गंगा बस्नेत, युवकरत्न तुलाधर, राम श्रेष्ठ, श्रृष्टि राई, मनोज जोशी, टीबी गुरुङ, निशा गुरुङ र डा. ऋषि बस्ताकोटी रहेका छन्।
सम्मेलनले एएनओ अमेरिका नेशनल डेलिगेट कमिटी पनि चयन गरेको छ। डेलिगेट कमिटीमा उपेन्द्र लुइँटेल, रुपेश उप्रेती, केशव पौडेल, मेलिना मोक्तान, मन न्यौपाने, मुस्कान बालम्पकी मगर, तमन्ना गुरुङ, विकास घले गुरुङ, नवीन भट्टराई, अभिषेक थापा, रेनु न्यौपाने, लक्ष्मी सङ्ग्रौला र धनश्याम रसाइली रहेका छन्।
अध्यक्ष डा. गौतम सहित पदाधिकारीलाई एएनओ अन्तर्राष्ट्रिय अध्यक्ष डिल्ली अधिकारीले पद तथा गोपनीयताको सपथ गराएका थिए।
सोही कार्यक्रममा पेन्सिल्भेनिया स्वातारा टाउनसिपकी नव निर्वाचित आयुक्त विनिता पुरी राईलाई सम्मान गरिएको थियो।
एएनओ अन्तर्राष्ट्रिय अध्यक्ष अधिकारीले विनितालाई खादा ओढाएर सम्मान गरेका हुन्। कार्यक्रममा मौलिक पहिरनले सजिएका बालबालिकाहरूले नृत्य प्रस्तुत गरेका थिए।











