बुधबार ७ सयले सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ७ सय रुपैयाँले घटेको हो ।
आज सुन २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य भने बढेको छ । चाँदी आज प्रतितोला ४५ रुपैयाँले बढेको हो ।
मंगलबार २ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज २ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।














