सय वर्ष भन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजुर स्थापना
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । काठमाडौं महानगरपालिका वडा ८ गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा गजुर स्थापना गरिएको छ ।
काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा वडा ८ का वडाध्यक्ष आशामान संगतले विधिपूर्वक पूजा गरी गजुर स्थापना गरेका हुन् ।
काठमाडौं महानगरपालिका वडा ८ का वडाध्यक्ष आशामान संगतले, दुई तल्ला रहेको प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरको मेदिना कन्ट्रक्सन प्रा.लीले निर्माण गरेको र एक करोड १५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको बताए ।
उनले, मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि गौशाला प्रहरी कार्यालयमा थन्क्याएर राखिएको मूर्ति मन्दिरमा स्थापना गर्न माघभन्दा अगाडि साइत नजुर्ने भएकाले केही समय ढिला हुन पुगेको बताए ।
ऐतिहासिक मन्दिरको गत माघ ७ गते पुनः निर्माणका लागि शिलान्यास गरिएको थियो । हराएकै एक सय वर्षभन्दा धेरै समय भएको मन्दिरको ऐतिहासिकता उत्खनन गरिएको हो ।








