मेरिल्याण्डमा हिटएण्ड रनमा मृत्यु भएकी महिला नेपाली भएको पुष्टि

Getting your Trinity Audio player ready...
|
मेरिल्याण्ड/ मेरिल्याण्डमा मंगलवार साँझ भएको हिट-एन्ड-रनमा (सवारी साधनले ठक्कर दिए पछि चालक भाग्नु) मृत्यु हुने ५२ वर्षिया महिला नेपाली भएको पुष्टि भएको छ।
नेपाल एजुकेशन कल्चर सेन्टर एनइसीसीको आधिकारिक ग्रुप च्याटमा सो पुष्टि गरिएको हो।
मोन्टगोमेरी काउन्टीमा व्हीटनको एनल्स एभिन्यूमा रहेको भेइर्स मिल रोडमा घटना भएको थियो। एनसीसीको ग्रुप च्याटमा ती महिला नेपाली भएको जनाइएको छ।
मोन्टगोमेरी काउन्टी प्रहरीका अनुसार सेप्टेम्बर २३, मंगलबार साँझ ७:२५ बजेपछि घटना भएको थियो । एउटा कारले पैदल यात्रा गरिरहेकी महिलालाई ठक्कर दिएको थियो। अधिकारीहरू र अग्नि नियन्त्रक टोली घटना स्थल पुग्नु अगाडि नै चालक फरार भएको जनाइएको छ।
प्रहरीका अनुसार ती महिला सडकमा गम्भीर चोटपटक लागेको अवस्थामा भेटिएकी थिइन्। उनलाई अस्पताल लगिएको थियो तर चिकित्सकले बचाउन सकेनन्।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको र निधन भएकी महिलाको नाम परिवारको स्वीकृतिमा मात्र सार्वजनिक गर्ने जनाएको छ।
प्रहरीले ठक्कर दिने सिल्भर कलरको कार २००९-२०१२ अडी A4 वा S4 भएको अनुमान गरेको छ।