जेनजी आन्दोलन : ६८ वटा बैंकको शाखा कार्यालयमा आक्रमण
काठमाडौं । जेनजी पुस्ताको आन्दोलन हिंसात्मक भएपछि देशभर ६८ वटा बैङ्कहरूको शाखा कार्यालयहरूमा आक्रमण भएको र ६९ वटा एटिएममा केही असर परेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले जेन जी आन्दोलनका क्रममा बैङ्कहरूको कार्यालयहरूमा आक्रमण भए पनि बैङ्किङ प्रणाली भने सबै ठिकठाक रहेको जानकारी दिए ।
सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रम पश्चात् बोल्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् । तर, आन्दोलनकारीहरूले बैङ्कहरू नै टार्गेट गरेको जस्तो देखिँदैन । उनले भने,‘ अहिलेको अवस्थामा सबैको मनोबल घटेका कारण उनीहरूको मनोबल बढाउनुपर्ने आवश्यकता छ ।’रहेको गभर्नर पौडेलले बताए ।
सो क्रममा डा. पौडेलले अनुभवी अर्थमन्त्री आउनुभएकाले काम गर्न सहज हुने पनि बताए ।














