गोरखाका एकै पालिकाका चार युवा एनआरएनए अमेरिकाको च्याप्टर अध्यक्षमा निर्विरोध

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको चार वटा च्याप्टर अध्यक्षमा गोरखा जिल्लाका चार जना निर्विरोध भएका छन्।
एनआरएनए अमेरिकाको आगामी कार्यकाल २०२५-२०२७ को निर्वाचन अगस्ट १६ र १७ तारिख हुँदै छ।
सो निर्वाचनमा गोरखा स्थायी ठेगान भई अमेरिकालाई कर्मथलो बनाई रहेका चार युवा च्याप्टरमा निर्विरोध निर्वाचित भयका छन् ।
गोरखा भिमसेन थापा गाउँपालिका घर भयका केपी भट्ट एनआरएनए कनेक्टिकट च्याप्टरको दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भयका छन् ।
यस्तै डन्डपानी लामिछाने एनआरएनए न्यु योर्क च्याप्टर अध्यक्षमा निर्वाचित भयका छन् ।
एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा कुल प्रसाद ढकाल (केपी ढकाल) निर्विरोध निर्वाचित भयका छन् ।
यस्तै युटाहा राज्यको अध्यक्षमा विप्लव लामिछाने निर्विरोध निर्वाचित भयका छन् ।