‘शेष घले नेतृत्वको उच्च स्तरीय समितिको काम अनधिकृत’: बद्री केसी समूह
पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्च स्तरीय समितिले आह्वान गरेको सदस्यता वितरणलाई डा. बद्री केसी समूहले अनधिकृत भनेको छ।
सर्वोच्च अदालतको एक फैसला अनुसार शेष घले नेतृत्वको उच्च स्तरीय समितिले एनआरएनएको महाधिवेशन मे ३-५ तारिख काठमाडौँमा आयोजना गर्ने तयारी गरेको छ।
सर्वोच्चको परमादेश अनुसार गठित उच्चस्तरीय समितिको सदस्यमा केसी स्वयम छन्। तर उनी अहिले सम्म उच्च स्तरीय समितिको बैठकमा अनुपस्थित हुँदै आएका छन्।
सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले पाँच दिनको म्याद राखेर पठाएको तेस्रो पत्रको म्याद सकिँदै गर्दा केसी समूहका महासचिव गौरी जोशीले विज्ञप्ति जारी गर्दै घले नेतृत्वको समितिको गतिविधिलाई अनधिकृत भनेका हुन्।
निर्देशनालयको तेस्रो पत्र
एनआरएनएको सचिवालयले उच्च स्तरिय समितिलाई अहिले सम्म सम्बोधन गरेको छैन्। उच्च स्तरिय समितिले अहिले छुट्टै डोमिन मार्पत सदस्यता वितरण गर्दै आएको छ। आइतवार मात्र समितिले सदस्यता वितरण एक साता थप गर्ने निर्णय गरेको छ।
केसी समुहका महासचिव गौरी जोशीद्वारा जारी विज्ञप्ति
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को डोमेन www.nrna.org सँग मिल्दोजुल्दो हुने गरी केही समूहले भ्रम सृजना गर्दै सदस्यता वितरणको नाममा अनधिकृत गतिविधिहरु गरेको पाइएकोले उक्त गतिविधिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
गैरआवासीय नेपाली संघको डोमेन www.nrna.orgसंचालनमा छ र केन्द्रीय पदाधिकारी, सदस्यहरु तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तथा महासचिवले समेत संस्थागत (nrna.org) इमेल खाता सञ्चालन गर्दै आउनुभएको छ । सदस्यता सम्बन्धमा, गैरआवासीय नेपाली संघकोविधानअनुसार (Management Information System (MIS) प्रणालीबाट स्वीकृत सदस्यता मात्रै वैधानिक हुने भएकोले उक्त प्रणालीमार्फत नै सदस्यताका लागि आवश्यक प्रक्रिया पूरा गर्नुहुन अनुरोध गरिन्छ । अन्य कुनै पनि अनधिकृतमाध्यमबाट संकलित विवरणहरूको प्रयोगले व्यक्तिगतगोपनीयता भंग हुनसक्ने, व्यक्तिगत विवरण दुरुपयोगकोसम्भावना रहन सक्ने तथा गैरकानूनी गतिविधिहरूमा संलग्नहुनसक्ने जोखिम हुनसक्ने, हुँदा सचेत रहन अनुरोध गरिन्छ ।
यसका साथै, गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको निर्वाचन र महाधिवेशनको मिति संघकोविधान अनुसार, गैरआवासीय नेपाली संघका विभिन्न राष्ट्रिय समन्वय परिषद्हरुको निर्वाचन MIS प्रणालीमार्फत आगामी जुलाई२०२५ भित्र सम्पन्न गरिने र संघको १२औं महाधिवेशन ११अक्टोबर २०२५ देखि सुरू हुने निश्चित गरिएको जानकारी गराइन्छ ।
अन्त्यमा, संघ सम्बन्धी अधिकारिक सूचना चाहिएमा वा विस्तृतजानकारीको लागि info@nrna.org मा सम्पर्क गर्नुहुनअनुरोध गरिन्छ ।
संघ सम्बन्धी अधिकारिक सूचना प्राप्त गर्ने स्रोत
फोन नम्बर : 977-01-4511530 / 977-01-4526005
इमेल info@nrna.org
फेसबुक : https://www.facebook.com/NRNAOfficial
र यो पनि…