प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो राष्ट्रिय अधिवेशन जुन ७-९ टेक्सस हुने

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो राष्ट्रिय अधिवेशन आगामी जुन ७ देखि ९ तारिख सम्म टेक्ससको ड्यालसमा हुने भएको छ।
मञ्चद्वारा आइतबार जारी विज्ञप्ति अनुसार मञ्चको शनिवार सम्पन्न २३ औँ विस्तारित बैठकले अधिवेशनको मिति र स्थान तोकेको हो।
बैठकले चौथो अधिवेशनलाई भव्यतापूर्वक सफल पार्न मञ्चका उपाध्यक्ष गोकर्ण दाहालको संयोजकत्वमा मूल व्यवस्थापन कमिटी गठन गरेको विज्ञप्तिमा उल्लेख छ।
कमिटीको सचिवमा विजय भट्टराई र सदस्यहरूमा भुवन अधिकारी, मणि भण्डारी, सञ्जय के सी, शङ्कर लुन्गेली, नेत्र पाण्डे, राजु नेपाल, मधुसूदन ज्ञवाली, लक्ष्मण थापा, मनिष थापा, डा. नवराज दाहाल र लक्ष्मण घिमिरे रहेका छन्।
यस्तै आर्थिक व्यवस्थापन कमिटी अर्का उपाध्यक्ष गोपाल कँडेलको संयोजकत्वमा गठन गरिएको छ । सदस्यहरूमा गोविन्द खनाल, विजय भट्टराई, डी बि राउत, कृष्ण आचार्य, केदार पहारी, मोहनी डुम्रे, अजय कुशवाह, प्रकाश बस्नेत, उपेन्द्र राउत, सुनिल ताम्राकार र नारायण ढुङ्गाना रहेका छन्।
अतिथि सत्कार कमिटी अर्का उपाध्यक्ष मैयाँ ढुङ्गानाको संयोजकत्वमा गठन गरिएको छ। सदस्यहरू पुष्पा घिमिरे, मिना खतिवडा, दुर्गा आचार्य, बिष्णु न्यौपाने, तुलसी पौडेल र शब्दिता प्याकुरेल रहेका छन्।
प्रचार प्रसार कमिटी अर्का उपाध्यक्ष भीम ओलीको संयोजकत्वमा गठन गरिएको छ। सदस्यहरू भुवन अधिकारी, विजय बगाले, शङ्कर लुन्गेली, घनश्याम खनाल, दीपक पाण्डे र राजु नेपाल रहेका छन्।
त्यसैगरी प्रतिनिधि व्यवस्थापन कमिटी मञ्चका सचिव छवि पाण्डेको संयोजकत्वमा गठन गरिएको छ । सदस्यहरू थोमस बास्तोला, गोविन्द खनाल, कृष्ण आचार्य, डी बि राउत, भुवन अधिकारी, दुर्गा बि क, अच्युत सिग्देल, दीपक सापकोटा, सञ्जय के सी, गणेश पौडेल र रेशम घर्ती रहेका छन् ।
मञ्चका सांस्कृतिक विभाग प्रमुख घनश्याम खनालको संयोजकत्व सांस्कृतिक कमिटी समेत गठन गरिएको छ । सो कमिटीको सदस्यहरू नेत्र पाण्डे, पुष्पा घिमिरे र प्रिया भण्डारी रहेका छन्।
विज्ञप्तीका अनुसार मञ्चका अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षतामा सम्पन्न बैठकका नेकपा एमाले केन्द्रीय सदस्य तथा अमेरिका इन्चार्ज घनश्याम पाण्डे प्रमुख अतिथि रहेका थिए।
यस्तै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा विशेष अतिथि रहेको बैठकमा अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका महादेश इन्चार्ज प्रभु थापा, सदस्य जानकी कार्की, अमेरिका महादेश कमिटीका संयोजक ईश्वरी भट्ट, उप-संयोजक बुद्ध लामा, अन्तर्राष्ट्रिय कमिटी अन्तर्गत प्रचार विभागका सचिव कमल ओझा, मञ्चका अमेरिका सल्लाहकार संयोजक डा. रुद्र अर्याल, बुद्धिजीवी विभाग संयोजक कुलमणि आचार्य अतिथि रहेका थिए।
‘प्रमुख अतिथि, विशेष अतिथि र अतिथिज्यूले समसामयिक विषयमा आ-आफ्नो धारणा राख्दै मञ्चले गर्नुपर्ने कार्यक्रमहरूको बारे सल्लाह र सुझावहरू दिनु भएको थियो। बैठकको सञ्चालन सचिव छवि पाण्डेले गर्नु भएको थियो ।’ विज्ञप्तिमा भनिएको छ।
बैठकले अधिबेशन गर्न बाँकी रहेका सम्पुर्ण राज्य कमिटीहरुको अधिबेशन यहि मार्च ३१, २०२५ भित्र अनिबार्य रूपमा सम्पन्न गरिसक्नु पर्ने निर्णय पनि गरेको छ।
यस्तै सम्पूर्ण राज्यकमिटीले अधिबेशन हुनुअघि नै प्रवासी नेपाली मंचको सदस्यता नबिकरण र नयाँ सदस्यहरु बनाउन लाग्ने निर्णय गरेको जनाइएको छ।
अधिबेशनमा आमन्त्रण गर्ने प्रमुख अथितिकोलागि रास्ट्रिय कमिटीका अध्यक्षले आबस्यक सर-सल्लाह गर्ने र अर्को बैठकले टुंग्याउने निर्णय समेत गरिएको जनाइएको छ।