न्यूयोर्कको अग्लो अपार्टमेन्ट भवनमा आगलागी, ३१ जना गम्भिर घाइते
अमेरिका । न्यूयोर्क शहरको एक अग्लो भवनमा भीषण आगलागी भएको छ । आइतबार बिहान लागेको भीषण आगलागीमा दर्जनौं व्यक्तिको ज्यान जोखिममा परेको अधिकारीहरूले बताएका छन्।
अग्नी नियन्त्रकहरुले ५० जनाको उद्दार गरेको जनाएका छन् । न्यूयोर्क फायर डिपार्टमेन्टको ट्वीटरमा जनाइए अनुसार ३१ घाइतेको अवस्था गम्भीर छ । झण्डै दुई सय अग्नी नियन्त्रकहरु घटना स्थलमा उद्दारमा सक्रिय छन् ।
ब्रोंक्सको ३३३ इस्ट १८१८ स्ट्रीटमा रहेको अपार्टमेन्टमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूले भवनका धेरै झ्यालहरूबाट आगो निस्किरहेको देखिन्छ ।
भवनको तेस्रो तल्लामा रहेको डुप्लेक्स अपार्टमेन्टबाट आगलागी भएको अधिकारीहरूले बताएका छन्। धेरै घाइतेहरु माथिल्लो तलाहरूमा फेला परेको जनाइएको छ । अधिकारीहरूले धुवाँका कारण सास फेर्न गाह्रो भएको हुन सक्ने अनुमान गरिएको छ ।


(फोटो : एफडीएनवाई)















