प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ दाखिला भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार यो रकम असोज ३० गतेसम्म कोषमा संकलित भएको हो।
कोषमा संस्थागत र व्यक्तिगत रूपमा दान दिइएको छ। असोज ३० गते मात्र विद्याधर मल्लिकसहित १० संस्थाले योगदान गरेका थिए।
साल्ट ट्रेडिङ कर्पोरेशनले रु ६१ लाख, गैरआवासीय नेपाली सङ्गठनले रु ५१ लाख, र राष्ट्रिय समाचार समितिले रु तीन लाख २६ हजार ३८ दाखिला गरेका छन्।
कोषमा अन्य योगदान दिने संस्थाहरूमा नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनी लगायतका संस्थाहरू पनि रहेका छन्।














