प्रधानमन्त्री ओली बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सरिक

पेन्सिल्भेनिया । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सरिक भएका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्य सहभागी भएका हुन्
प्रधानमन्त्री ओलीले विहीबार संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री ओली शनिवार स्वदेश फर्किने तालिका रहेको छ ।