ब्राजिलमा एलन मस्कलाई ३० लाख डलर जरिवाना तिर्न आदेश

काठमाडौँ । ब्राजिलको सर्वोच्च अदालतले टेक्नोलोजी उद्योगका प्रमुख एलन मस्कलाई ठुलो झटका दिएको छ। अदालतले मस्कको स्वामित्वमा रहेको सोसल मिडिया प्लेटफर्म एक्स र स्याटेलाइट इन्टरनेट कम्पनी स्टारलिङ्कलाई ३० लाख डलर जरिवाना तिर्न आदेश दिएको हो।
अदालतको निर्णय र जरिवाना
अदालतको आदेश अनुसार, मस्कको कम्पनीहरूलाई ३.२८ मिलियन डलर सरकारी कोषमा हस्तान्तरण गर्नुपर्नेछ। यो आदेश ब्राजिलको न्यायाधीश अलेक्जान्डर डे मोरेसद्वारा जारी गरिएको हो, जसले साउन महिनामा एक्सलाई कानूनी प्रतिनिधि नियुक्त गर्न आदेश दिएका थिए। साथै, उनले दर्जनौं दक्षिणपन्थी खाताहरूलाई हटाउन पनि आदेश दिएका थिए।
न्यायाधीश मोरेसले गलत सूचना विरुद्ध लड्न आफ्नो मिशन बनाएका छन् र यसअघि मस्कसँगको धेरै भिडन्त भएका छन्। अदालतको आदेश नमान्नको आरोपमा एक्स र स्टारलिङ्कको सम्पत्ति पनि बरामद गर्न आदेश गरिएको छ। ब्राजिलमा लगभग २२ मिलियन मानिसहरूले एक्स प्रयोग गर्छन् र मोरेसले बन्द एपहरू पहुँच गर्न भर्चुअल प्राइभेट नेटवर्कजस्ता प्राविधिक संयन्त्रहरू प्रयोग गर्नेहरूलाई ९ हजार डलरसम्म जरिवाना गर्न आदेश दिएका छन्।
इन्ट्रा कप भलिबल प्रतियोगिता अमेरिकामा सुरु
यो कदमले अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालको सीमालाई लिएर देशभित्र र बाहिर बहस चर्काएको छ। वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले प्रतिबन्धको प्रशंसा गरेका छन्, भने अति दक्षिणपन्थी पूर्ववर्ती राष्ट्रपति जायर बोल्सोनारोले मोरेसलाई तानाशाह भनेका छन्।
मस्कको कम्पनीले अदालतको आदेशको पालन नगरेको आरोपमा प्रतिक्रिया दिएका छन्। कम्पनीले भनेका छन् कि, ब्राजिलका एक न्यायाधीशले प्लेटफर्मबाट सामग्री हटाउनका लागि कानूनी आदेशको पालना नगरेकोमा आफ्नो कानूनी प्रतिनिधिलाई जेल पठाउने धम्की दिएका थिए। कम्पनीले एक्स सेवाहरू देशमा जारी रहने स्पष्ट पारेको छ, तर उनीहरूले कर्मचारीहरूको सुरक्षाको कारण ब्राजिलमा सञ्चालन बन्द गर्ने निर्णय गरेका छन्।
यस वर्षको सुरुमा, न्यायाधीश मोरेसले एक्सका केही खाताहरू गलत सूचना र घृणा सन्देशहरू फैलाएको आरोपमा ब्लक गर्न आदेश दिएका थिए। यसमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूसँग सम्बन्धित खाताहरू पनि समावेश थिए।
मस्कको कम्पनीले भनेका छन् कि अदालतको निर्णयले केवल उनीहरूको कर्मचारीलाई डराउने प्रयास हो, न कि कानूनी प्रक्रिया पालन गर्ने उद्देश्य। यद्यपि, कम्पनीले ब्राजिलमा आफ्नो सञ्चालनलाई रोक्ने निर्णय गरेको छ, जसले गर्दा भविष्यमा यस विवादको समाधानको लागि अन्य कानूनी र रणनीतिक कदमहरू चालेको देखिन्छ।