अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मदुरोको विमान कब्जामा लियो

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमानलाई कब्जामा लिएको छ। उक्त विमान डोमिनिक रिपब्लिकबाट नियन्त्रणमा लिइएको छ । अहिले फ्लोरिडा, अमेरिका ल्याइएकाे छ।
अमेरिकाको न्याय विभागले सो विमानलाई १३ मिलियन डलरमा गैरकानुनी तरिकाले किनिएको आरोप लगाएको छ। विमानलाई नियन्त्रणमा लिइएको र त्यसपछि अमेरिकाको फ्लोरिडा राज्यमा पठाइएको जानकारी बिबिसीले दिएको छ।
विमान डोमिनिक रिपब्लिकमा किन पुगेको र यस घटनासँग सम्बन्धित अन्य विवरणहरू अहिलेसम्म स्पष्ट भएको छैन।
भेनेजुएलाका अधिकारीहरूले भने यो कदमलाई अमेरिकाद्वारा लागू गरिएका गैरकानुनी प्रतिबन्धहरूको परिणामको रूपमा व्याख्या गरेका छन्। भेनेजुएलाले यस घटनामा कानुनी कारवाही गर्न स्वतन्त्र रहेको पनि स्पष्ट पारेको छ।
अमेरिका र भेनेजुएलाबीचको यो घटनाले दुवै देशबीचको राजनीतिक तनावलाई अझ बढाएको छ। अमेरिकी अधिकारीहरूले विमानलाई कब्जामा लिएर प्रतिबन्धको उल्लंघन रोक्नका लागि आफ्नो कानूनी कदमको रुपमा देखेका छन् । उता भेनेजुएला यस कदमलाई न्यायिक प्रक्रियामा हस्तक्षेपको रूपमा लिइरहेको छ।