नेपाली जनसम्पर्क समिति क्यानाडाको बार्बिक्यु कार्यक्रम सम्पन्न
|
Getting your Trinity Audio player ready...
|
ब्राम्पटन, क्यानडा/ नेपाली जन सम्पर्क समिति क्यानडाको आयोजनामा गत हप्ता समर बार्बिक्यु कार्यक्रम सम्पन्न भएको छ। क्यानडाको ब्राम्पटनस्थित यल्डोराडो पार्कमा आयोजित सो कार्यक्रममा टोरोन्टो, स्कार्बो, ब्राम्टन, मिसिसागा, लन्डन, हेमिल्टन, माल्टन, नायग्रा फल्स लगाएतका क्षेत्रहरुमा बसोबास गर्ने सयौको संख्यामा नेपालीहरुको सहभागिता थियो।
नेपाली जन सम्पर्क समिति क्यानडाका सभापति उदय दुराको सभापतित्व र समितिकै उप-सभापति शम्भु सिंह ठकुरीज्युको संयोजकत्वमा आयोजना गरिएको सो कार्यक्रममा स्थानीय बिभिन्न संघ संस्थाको प्रतिनिधि तथा पदाधिकारीहरु, ब्यबसायी, विभिन्न पेशामा आबद्ध व्यक्तित्वहरु, बिद्यार्थीहरु लगाएतको उल्लेखनीय उपस्थिति थियो ।
नेपाली कांग्रेसको १४ महाधिबेसनका प्रतिनिधी तुला भट्टचन, जनसंपर्क समिति क्यानडाका पूर्व-महामन्त्रि लिलाधर न्यौपाने, ग्लोबल एन आर एन ए क्यानडाका सभापति गिरी बुढाथोकी, ग्लोबल एन आर एन ए क्यानडाका महा-सचिब आशिर्वाद सुबेदी लगायतको पनि उपस्थिति रहेको थियो।
बार्बिक्यु कार्यक्रमकै अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा समितिका सभापति उदय दुरा, चैयर पर्सन निरन्जन थापा, महामन्त्रि रमेश रिजाल, सह-महामन्त्रि राम शाह र प्रबक्ता शाहसनाथ अधिकारीले मन्तव्य व्यक्त गरेका थिए।

जनसंपर्क समिति क्यानडाका पूर्व पदाधीकारी एवं समाज सेवीहरु सुरेन्द्र खड्का, राजु थापा, राज महत, केदार बस्नेत, सुरज पाण्डे, धुर्व भट्टराई लगायतले मन्तब्य राखेका थिए। त्यसैगरी संघ सस्थाको तर्फबाट एन आर एन ए क्यानडाका पूर्व उपसभापति राज महत र उप सभापति किरोज श्रेष्ठज्यु, ग्लोबल एन आर एन ए क्यानडाका तर्फबाट चैयर पर्सन अन्जनी राज भट्टराई, जिपि फाउण्डेसनका सभापति केदार प्रसाद निरौला, महिला चौतारीकी चेयर पर्सन गीता दवाडी, एनसीएनसीका महा-सचिब राम किृष्ण रेग्मी, समाज सेवी ढुण्डी राज पाण्डे लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रम समापन गर्ने क्रममा सभापति उदय दुराज्युले नेपाली जनसम्पर्क समिति क्यानडाले कसै संग पूर्वाग्रह र प्रतिस्पर्धाको भावना नराखी क्यानडामा रहेका लोकतान्त्रिक बिचार र व्यवहार देखाउने सबैलाई एकताबद्ध ढंगले समेट्दै आफ्ना गतिविधिहरु संचलान गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका संयोजक शम्भु सिंह ठकुरीले कार्यक्रममा उपस्थित जनाउनु हुने सबैमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि अन्य रचनात्मक कामहरु भई रहने र त्यस्ता कार्यक्रमहरुमा पनि सबैको सहयोग अनि सक्रिय सहभागिताको लागि सबैलाई अनुरोध गरे।








