बहुपदीयमा फर्किएको माओवादीले मिश्रित निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गर्दै
काठमाडौं/ नेकपा माओवादी केन्द्रले मिश्रित निर्वाचन प्रणालीवाट पहिलो पटक नयाँ नेतृत्व चयन गर्दैछ ।
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ६ दिन देखी जारी महाधिवेसनमा शुक्रवार नयाँ बिद्यान पारित भए लगत्तै मिश्रित निर्वाचन प्रणालीमार्फत नयाँ नेतृत्व चयन गर्न लागेको हो ।
स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पेश गरेको बिद्यान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रले आगामी केन्द्रीय समितिमा ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्णसमानुपातिक प्रणालीमार्फत नयाँ नेतृत्व चयन गर्नेछ ।
माओवादीको नयाँ केन्द्रिय नेतृत्व अब २ सय ९९ सदस्सीय हुनेछ भने जसमा १५ प्रतिशत मनोनित प्रक्रियावाट आउनेछन । यसअघिको १० प्रतिशतलाई बढाएर शुक्रवारवाट मनोनित हुने सदस्यको संख्या ५ प्रतिशत थप गरी १५बनाईएको हो ।















