ओलम्पिक क्वालीफाईड बक्सिड: चन्द्र थापाले जिते पहिलो खेल
काठमाडौँ/ ओलम्पिक क्वालीफाईङ बक्सिङ प्रतियोगितामा चन्द्र बहादुर थापाले आफ्नो पहिलो खेलमा जित निकालेका छन्।
ओलम्पिकको आगामी संस्करण अगस्तमा फान्सको पेरिसमा हुँदै छ। सोही ओलम्पिकका लागि मार्च ३ देखि ११ तारिख सम्म इटलीको बुस्टो आरिस्जीयो, मिलान शहरमा छनोट प्रतियोगिता भइरहेको छ।
सो प्रतियोगितामा शुक्रवार नेपाली खेलाडी चन्द्र बहादुर थापाले पुरुष ५१ किलो तौल समूहमा ताजकिस्तानका शाफिएभ मेहरोनलाई ३-२ को स्पिलिट डिसिजनको आधारमा हराए।
अब थापाको अर्को भिडन्त भियतनाम र क्यानडाबिचका विजयी खेलाडीसँग हुनेछ ।
प्रतियोगितामा सहभागी अर्का नेपाली खेलाडी अञ्जलि तेलीको भिडन्त महिला ५४ किलो तौल समूहमा शनिवार पोल्यान्डका खेलाडी द्राविक सान्द्रासँग हुनेछ ।
















