एनआरएनए सचिवालय खाली गर्न काठमाडौं महानगरको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई खाली गर्न । विशेष अदालतले ललिता निवास प्रकरणमा फैसला गरेपछि उक्त जग्गा सरकारी स्वामित्वमा आएको छ ।
अहिले पनि ललिता निवास परिसरमा गैर आवासीय नेपाली संघ एनआएनएको सचिवालय लगाएत अन्य व्यक्तिगत तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न महानगरले बुधबार एक सूचना प्रकाशित गरेको हो ।
सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्य महानगरपालिकाको भएको भन्दै ‘तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने व्यहोरा समेत यसै सूचनामार्फत सम्बद्ध सरोकावालालाई सूचित गरिन्छ,’ महानगरले भनेको छ ।
हेर्नुहोस् यो सूचना
