अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको तेस्रो महाधिवेशन फेब्रुअरी ४ तारिख
पेन्सिल्भेनिया/ अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको तेस्रो महाधिवेशन फेब्रुअरी ४ तारिख हुने भएको छ।
समाजका पूर्व महासचिव मोहन विष्टले समाज टाइम्सलाई जनाए अनुसार यो विदेशमा बस्ने काभ्रेलीहरूको अन्तर्राष्ट्रिय सङ्गठन हो । यसको स्थापना सन् २०१७ मा भएको हो।
विष्टका अनुसार हाल सम्म जापान, कोरिया, अमेरिका, कतार, साउदी, बेल्जियम, स्पेन र पोर्चुगलमा सङ्गठन विस्तार भएको छ।
‘सबै काभ्रेलीहरूलाई समन्वयन गरेर काभ्रे नेपालमा वा अन्यत्रका काभ्रेलीहरूलाई समेत परेको बेलामा सेवा गर्ने सामाजिक संस्था हो ।’ विष्टले भने।
हाल स्पेनमा रहेका दीपक खरेल संस्थाको अध्यक्ष छन्। कार्यसमितिको सङ्ख्या १५ सदस्सीय रहेको छ।
विष्टका अनुसार संस्थामा हाल करिब एक सय जना सदस्य छन्।
















