सर्वोच्च अदालतले अमेरिका-मेक्सिको सीमामा रहेको रेजर तार हटाउन अनुमति दियो
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
टेक्सस/ सर्वोच्च अदालतले अमेरिका-मेक्सिको सीमामा रहेको रेजर तार हटाउन अनुमति दिएको छ। सर्वोच्च अदालतको फुल बेन्चमा ५-४ मतले तारवार हटाउने फैसला गरेको हो।
न्यायधिश क्लेरेन्स थोमस, स्यामुएल अलिटो, नील गोर्सच र ब्रेट काभानोले विपक्षमा मत दिएको बताइएको छ।
गभर्नर ग्रेग एबोटकोले सुरक्षाका लागि अमेरिकी सीमा गस्ती एजेन्टहरूलाई टेक्सासमा अमेरिका-मेक्सिको सीमामा तार बार लगाउन आदेश दिएका थिए। त्यसको विरुद्धमा सर्वोच्चले फैसला गरेको हो।
अदालतले रेजर तार हटाउन भने पछि अधिकारीहरूले सीममा डिब्बा लगाउन थालेको भिडियो बाहिरिएको छ। सामाजिक सञ्जालमा बाहिरिएका भिडियोमा तारबार रहेको ठाउँमा अमेरिका प्रवेश गर्न चाहानेहरुको ठुलो भिड देखिन्छ। कतिपय खोलामा पौडी खेल्दै सीमा तर्फ लम्किरहेका छन्। तर यो डिभियोको आधिकारी पुष्टि भने भएको छैन्।


न्यायाधीशको आदेश राष्ट्रपति जो बाइडेनको लागि सीमा नीतिमा एबोटसँगको जारी विवादमा ठुलो जीत भएको सीएनएले लेखेको छ।
जुन हालैका दिनहरूमा रियो ग्रान्डेको एक खण्डमा तीन आप्रवासी डुबेपछि टेक्सस गभर्नरको तारवार लगाउने आदेश आएको थियो।
यस महिनाको सुरुमा दुई बच्चा र एक महिलाको डुबेर, साथै मेक्सिकोका अधिकारीहरूले उद्धार गरेका थिए।
सीएनएका सर्वोच्च अदालतका विश्लेषक र टेक्सस विश्वविद्यालयको स्कुल अफ लका प्रोफेसर
स्टीव भ्लाडेकले भनेका छन् कि आदेश बाइडेन प्रशासनको लागि जित हो, तर यसलाई जारी गर्न ढिलाइले भविष्यका प्रश्नहरू खडा गर्दछ।
















