ग्लोबल तेक्वान्दो एकेडेमीले अन्तर विद्यालय च्याम्पियनसिप गर्ने
ह्यारिसबर्ग/ ग्लोबल तेक्वान्दो एकेडेमीले अन्तर विद्यालय च्याम्पियनसिप गर्ने भएको छ। एकेडेमीका सञ्चालक तथा मुख्य प्रशिक्षक प्रकाश ढुङ्गानाका अनुसार च्याम्पियनसिप जनवरी २० तारिख डेरी सेन्टमा हुने तय भएको छ।
ग्लोबल एकेडेमी नेपाली भाषी भुटानीले सञ्चालन गरेको तेक्वान्दो स्कुल हो।
‘एकेडेमीको वार्षिक उत्सवको उपलक्षमा हामीले च्याम्पियनसिप गर्न लागेका हौ।’ समाज टाइम्स सँग प्रमुख प्रशिक्षक ढुङ्गानाले भने। उनका अनुसार जनवरी २० शनिवार बिहान दश देखि चार बजे सम्म डेरी स्टेट, ह्यारिसबर्ग च्याम्पियनसिप हुने छ।
‘एक दिने च्याम्पियनसिप हो करिब एक सय खेलाडीले भाग लिन्छन्।’ ढुङ्गानाले भने। ह्यारिसबर्गमा नेपाली भाषी भुटानीले सञ्चालन गरेको तेक्वान्दो स्कुलको सङ्ख्या चार पुगेको छ।
‘यस च्याम्पियनसिपको उद्देश्य एकेडेमी भित्र र वरपरका तेक्वान्दो एकेडेमीहरूका अभ्यासकर्ताहरूलाई उत्साहजनक प्रतिस्पर्धा, खेलकुद र तेक्वान्दो उत्कृष्टताको उत्सवको लागि एक साथ ल्याउने छ।’ ढुङ्गानाले भनेका छन्, ‘हामी विश्वास गर्छौँ कि यस कार्यक्रमले सहभागीहरूको समर्पण र सीप मात्र देखाउँदैन, तेक्वान्दो समुदायमा एकताको भावनालाई बढवा दिनेछ।’
च्याम्पियनसिप सबै उमेर र संस्कृतिका तेक्वान्दो खेलाडीहरूका लागि मित्रता र सद्भाव प्रवर्द्धन गर्न भेला हुने र उनीहरूका लागि तेक्वान्दो खेलमा आफ्नो कडा मेहनत र दृढ सङ्कल्प प्रदर्शन गर्ने अवसर बन्नेछ भन्ने अपेक्षा आफूहरूले गरेको पनि ढुङ्गानाले बताए।












