एनआरएनए अमेरिका मिसिगन च्याप्टरको रक्तदान
मिसिगन/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत मिसिगन च्याप्टरले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।
अमेरिकी रेडक्रस सँगको सहकार्यमा रक्तदान हुन लागेको हो। नोभेम्बर २६ तारिख बिहान १० देखि चार बजे सम्म हुने रक्तदानमा सबैलाई उपस्थित हुन च्याप्टरले अनुरोध गरेको छ।
एभरेस्ट तेक्वान्दोको हल ( 1550 Union Lake Rd Commerce Charter Twp, MI 48382) मा रक्तदान कार्यक्रम हुने छ।














