अर्जेन्टिनाविरुद्धको खेल तनावपूर्ण, घरेलु मैदानमा ब्राजिलको ऐतिहासिक हार

पेन्सिल्भेनिया । फिफा विश्वकप २०२६ अन्तर्गतको दक्षिण अमेरीकी छनोटमा विश्व विजेता अर्जेन्टिनाले ब्राजिल लाई ऐतिहासिक हार चखाएको छ ।
सन् १९३० मा पहिलो पटक आयोजना भएको विश्वकप फुटवल प्रतियोगिताको महादेशीय छनौट प्रणाली भने १९३३ देखि सुरु भएको थियो । त्यस यता घरेलु मैदानमा कुनै पनि छनौट खेल नहारेको ब्राजिल लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनासँग बुधबार १–० गोल अन्तरले स्तब्ध बन्यो ।
बुधबारको नतिजासँगै ब्राजिलको ९० बर्ष लामो अपराजित यात्रामा पूर्णविराम पनि लागेको छ । ब्राजिल पहिलो पटक छनौट खेलमा घरेलु मैदानमा पराजित भएको छ । यो जित सँगै दक्षिण अमेरीकी छनौटमा विश्वविजेता अर्जेन्टिना ६ खेल बाट १५ अंकका साथ शीर्ष स्थानमा पुनः फर्किएको छ । उरुग्वे समान ६ खेलबाट १३ अंक जोड्दै तालिकाको दोश्रो स्थानमा झरेको छ । बुधबार केहीबेर उरुग्वे शीर्ष स्थानमा रहेको थियो । त्यसैगरी कोलम्बिया, भेनेजुऐला, र इक्वेडर क्रमशः तेस्रो, चौथो, र पाँचौं स्थानमा छन् भने विश्व फुटवलको महारथी ब्राजिल भने इतिहासकै खराव खेल प्रर्दशन गर्दैं ६ खेलबाट ७ अकं का साथ तालिकाको छैटौं स्थानमा छ ।
ब्राजिलको मराकान रंगशालामा भएको खेल निर्धारित समय भन्दा करिव २७ मिनेट ढिला गरी सुरु भएको थियो । रंगशालामा ब्राजिलियन दर्शक र अर्जेन्टियन दर्शक विच भएको तनावलाई नियन्त्रणमा लिन प्रहरीले बल नै प्रयोग गर्नु पर्ने अवस्थ आएको थियो । तनाव नियन्त्रण्मा लिन ब्राजिलियन प्रहरीले अर्जेन्टिनियन दर्शक माथि लाठी वर्षाएको थियो ।
सोही समय खेल खेल्न लाइन अप गरिरेहेको अर्जेन्टिनी टिम खेल मैदान छाड्दै दर्शकलाई संयम हुन आग्रह गर्न प्याराफिट नजिक पुगेका थिए । अर्जेन्टिनी टिमका पहिलो गोलरक्षक मार्टिनेज भने प्रहरीको लाठी नै रोक्न पुगेका थिए । तत् पश्चात अर्जेन्टिनी टिम खेल मैदान छाडेर ड्रेसिङ रुममा लागेका थिए । दर्शकवीच भएको तनाव नियन्त्रण पछि खेल शुरु भएको थियो ।
मैदान बाहिरको तनाव खेल मैदानमा पनि देखिएको । ९० मिनेट नै खेल निकै तनाव पूर्ण नै थियो । यसै क्रममा ब्राजीलका एक खेलाडीले रातो कार्ड समेत पाएका थिए । अजेन्टिीनी डिफेन्डर निकोलेस ओटामेन्डीको ६३ औं मिनेटको गोल नै निर्णयक गोल बन्यो । ८१ औं मिनेटमा ब्राजिलका जोलिन्टनले रातो कार्ड पाई बाहिरिए पछि थप दवावमा आएको ब्राजिलमाथि अर्जेन्टिनाले थप गोल गर्न भने सकेन ।
खेल सकिए पछि अर्जेन्टिनी कप्तान मेसीले संक्षिप्त प्रतिकृया दिदै भने, ‘हामीले देख्यौं प्रहरीले कसरी हाम्रो दर्शक माथि प्रहार ग¥यो । तिनमा केही हाम्रा परिवार सदस्य पनि थिए । तथापी हामी खेल्यौं, स्थीतिलाई सामान्य बनाउन । किनकी हामी सवै एक परिवार हौं ।’