अमेरिकामा नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ शुक्रवार देखि प्रदर्शनमा

पेन्सिल्भेनिया,अमेरिका/ नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ आज (अक्टोबर २७ तारिख शुक्रवार) देखि अमेरिकाको विभिन्न सहरहरूमा एकै साथ प्रदर्शनमा आएको छ।
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको ‘पशुपति प्रसाद २ : भष्मे डन’ नेपालमा फूलपातीको दिन रिलिज भएको हो।
अमेरिकामा नेपाल इलाभेन इन्टरटेन्टमेन्ट एलएलसीले ‘पशुपति प्रसाद २ : भष्मे डन’ प्रदर्शन गर्न लागेको हो।
अमेरिकास्थित नेपाली/दक्षिण एसियाली चलचित्र वितरण गर्ने कम्पनी नेपाल इलाभेन इन्टरटेन्टमेन्ट एलएलसी सिइयो प्याट्रिक सुवेदीका अनुसार अमेरिकाको पश्चिमिराज्य क्यालिफोर्नियाबाट ‘पशुपति प्रसाद २ : भष्मे डन’ प्रदर्शनमा आउने छ।
अमेरिकामा कहाँ कहाँ ‘पशुपति प्रसाद २ : भष्मे डन’ प्रदर्शन हुँदै छ त्यसका लागि यहाँ क्लिक गर्नु होला।
चलचित्रले नेपालमा पहिलो दिन नै दुई करोड रुपैयाँको हाराहारीमा व्यापार गरेको जनाइएको छ।
चलचित्रमा विपिन कार्की र स्वस्तिका खड्का, सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको अभिनय छ । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा शिवाकोटीको पनि फिल्ममा विशेष भूमिका छ ।
सात वर्ष अगाडि प्रदर्शनमा आएको पशुपति प्रसाद सुपर हिट भएको थियो। सोही चलचित्रमा भष्मे डनको भूमिकामा अभिनय गरेका विपिनलाई त्यस पछि नेपाली चलचित्रमा पछाडि फर्कनु परेको छैन। ‘पशुपति प्रसाद’ को सिक्वेल यो फिल्म पहिलो सिक्वेलको चरित्र ‘भष्मे डन’ मा केन्द्रित छ ।
फिल्म पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत ‘भष्मे डन’ को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति सङ्घर्षको कथा चलचित्रमा रहेको छ ।
टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई खगेन्द्रले निर्माण गरेका हुन् । यो चलचित्रले ‘कबड्डी ४’को २२ करोडको बक्स अफिस रेकर्ड तोड्न सक्ने आँकलन गरिएको छ।
दुई घण्टा २९ मिनेटको चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’ मा भष्मे डनलाई आफ्ना नदेखेका अभिभावक खोज्न १० लाख रुपैयाँ चाहिन्छ । जब प्रतिद्वन्द्वीले उसको मेहनतले कमाएको पैसा चोर्छ, उसले यसलाई पुनः प्राप्त गर्न र आफ्नो बुबालाई भेट्न शान्तिपूर्ण संघर्ष सुरु गर्छ।
‘पशुपति प्रसाद २: भष्मे डन’को टेलर