सदाबहार चर्चित लोक गायिका बिमाकुमारी दुरा पेन्सिल्भेनिया आउँदै

पेन्सिल्भेनिया/ नेपाली गीत सङ्गीत क्षेत्रमा सदाबहार चर्चित लोक गायिका बिमाकुमारी दुरा दसैँ तिहार साँझका लागि पेन्सिल्भेनिया आउने भएकी छिन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत पेन्सिल्भेनिया च्याप्टरले आयोजना गरेको साङ्गीतिक साँझमा प्रस्तुती दिन दुरा पेन्सिल्भेनिया आउने भएकी हुन् ।
एनआरएनए पेन्सिल्भेनिया च्याप्टरका अध्यक्ष जयन्द्र लामाका अनुसार नोभेम्बर तीन तारिख शुक्रवार साँझ कार्यक्रम तय गरिएको छ।
लामाका अनुसार मोन्टगोमेरीभिल बेथलेहेम पाइकमा (969 Bethlehe Pike, Montgomeryville PA 18936) कार्यक्रम हुने छ। दुराका साथ सेलो गायिका शशीकला मोक्तानले पनि प्रस्तुति दिने छन्।
कार्यक्रम साँझ पाँच देखि राति ११ बजे सम्म हुने छ। कार्यक्रममा सहभागी हुन ३० डलरको टिकट लिनु पर्ने छ। १२ वर्ष मुनीका लागि निःशुल्क व्यवस्था गरिएको छ।
