ल्यानक्यास्टरमा हुने ‘दसैँ तिहार धमाका’ प्रकाश सपुतका साथमा प्रविशा अधिकारी पनि
ल्यानक्यास्टर/ पेन्सल्भेनियाको ल्यानक्यास्टरमा हुने दसैँ तिहार धमाकामा गायक प्रकाश सपुतका साथै गायिका प्रविशा अधिकारीको पनि प्रस्तुति रहने भएको छ।
ड्रिम सपोर्ट फाउन्डेसनले यस पटक नोभेम्बर पाँच तारिख दसैँ तिहार धमाका कार्यक्रममा आयोजना गर्दै छ।
प्रकाश सपुत अहिलेका हिट गायक हुन्। अझ द भ्वाइस अफ नेपाल ४ की निर्णायक प्रविशाको आगमनले कार्यक्रम साँच्चिकै धमकेदार बन्ने आयोजकले विश्वास लिएको छ।
कार्यक्रम ल्यानक्यास्टरको लिटिजमा रहेको सुविधा सम्पन्न हलमा हुने छ।
फाउन्डेसनका अध्यक्ष प्रेम बरालका अनुसार कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ। ‘दसै तिहार हाम्रो महान् चाड हो यस्तो मौकामा हामी सबै जना एकै ठाउँमा भएर साङ्गीतिक रूपमा चाड मनाउ भनेर हामीले कार्यक्रम गरेका हौ।’ बरालले भने, ‘चाडबाड मनाउने ठाउँमा पनि किन टिकट लिने भनेर हामीले निःशुल्क गरेका हौ।
कार्यक्रम दिउँसो साढे १२ बजेबाट सुरु हुने छ। प्रकाशको प्रस्तुति अगाडि स्थानीय कलाकारले मनोरञ्जन दिने छ।
‘हामीले प्रकाश जीको सहभागिता पक्का गर्यौ, कार्यक्रमको विस्तृत खाना बनाउँदै छौ,हामी स्थानीय कलाकारलाई पनि अवसर दिन्छौ’ बरालले भने। ‘हाम्रो मुख्य उद्देश्य चाड पर्व सामूहिक रूपमा मनाउनु पर्छ भन्ने हो, विगत तीन वर्ष देखि हामीले दसै तिहारको अवसर पारेर निःशुल्क रूपमा नै साङ्गीतिक कार्यक्रम गर्दै आएका छौ।’














