कांग्रेसमा देउवालाई दुई तिहाई बहुमत
|
Getting your Trinity Audio player ready...
|
काठमाडौँ: नेपाली कांग्रेसको १४औँ महाधिवेशनको अन्तिम नतिजाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको पक्षमा स्पष्ट दुई तिहाई बहुमत देखिएको छ । दोस्रो कार्यकालका सभापतिमा निर्वाचित देउवा समुहबाट ८२ प्रतिशत निर्वाचित भएका छन् ।
जवकी उनको पहिलो कार्यकालभरी पार्टी भित्र र बाहिर देउवाको व्यापक आलोचना भएको थियो । हुन पनि इतिहासमा नै कांग्रेस आम निर्वाचनमा खराव अवस्थामा पुगेको थियो । तर स्थापनइतरका मुख्यतय बरिष्ठ नेता रामचन्द्र पौडेल र निवर्तमान महामन्त्री शशांक कोइरालाका कारण देउवाले यस पटक पार्टी पूरै कब्जा जमाउन सफल भए ।
पदाधिकारीमा आफुपक्षिय आठ जनालाई जिताएका देउवाले केन्द्रीय सदस्यमा पनि ठूलै फड्को मारे । केन्द्रीय कमिटिमा एक सय ३४ जनाका लागि भएको निर्वाचनमा देउवा समुहले ८ जना पदाधिकारी र एक सय दुई जना केन्द्रीय सदस्य जित्यो । जवकी संस्थापनइतरबाट जम्मा १८ जना विजयी भएका छन् ।
पदाधिकारी
सभापति – शेरबहादुर देउवा
उपसभापति – पूर्णबहादुर खड्का र धनराज गुरुङ
महामन्त्री– गगन थापा र विश्वप्रकाश शर्मा
सहमहामन्त्री– महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्रा पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव, उमाकान्त चौधरी
उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे मात्र सस्थापनइतरका हुन ।
केन्द्रीय सदस्यहरु
खुलातर्फ (३५ जना)
शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा, नैनसिंह महर, दिलेन्द्रप्रसाद बडु, रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजिव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजङ्ग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्णकिशोर घिमिरे ।
महिला खुलातर्फ (९ जना)
डिला संग्रौला, पुष्पा भुसाल, आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य, रंगमति शाही ।
आदिवासी जनजाति (७ महिलासहित १५ जना)
चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा, तारामान गुरुङ, टेकप्रसाद गुरुङ, सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती बजीमय, गंगा लक्ष्मी, माया राई, सीता राना र सुशीला थिङ ।
खस आर्य (६ महिलासहित १३ जना)
केशवकुमार बुढाथोकी, गोविन्द बहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की, गेहेन्द्र गिरी, मञ्जु खाण, प्रतिमा गौतम, नानु बाँस्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना ।
दलिततर्फ (४ महिलासहित ९ जना)
मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, हरिशरण नेपाली, नृपबहादुर वड, मैकुलाल बाल्मीकी, लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विक ।
मधेशीतर्फ (४ महिलासहित ९ जना)
अजयकुमार चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, विनोदकुमार चौधरी, दिनेशकुमार यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव ।
थारूतर्फ (२ महिलासहित ४ जना)
रामजनम चौधरी, योगेन्द्र चौधरी, कल्पना चौधरी र जीवन राना ।
मुस्लिमतर्फ (१ महिलासहित ३ जना)
अब्दुल रज्जाक, अब्दुल सतार र जवेदा खातुन ।
अल्पसंख्यकतर्फ (१ जना)
प्रदीपकुमार सुनुवार
अपाङ्गता भएकातर्फ (१ जना)
मदनकृष्ण श्रेष्ठ
पिछडिएको क्षेत्रतर्फ (१ जना)
अर्जुनबहादुर सिंह
हरेक प्रदेशबाट १ महिलासहित ३–३ गरी २१ जना
प्रदेश १: अमृत अर्याल, राजीव कोइराला र महेन्द्रकुमारी लिम्बू
प्रदेश २: रमेश रिजाल, आनन्द ढुंगाना र चित्रलेखा यादव
बागमती: राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल केसी
लुम्बिनी: देवेन्द्रराज कँडेल, चन्द्रबहादुर केसी र शिला शर्मा खड्का
गण्डकी: ध्रुब वाग्ले, कृष्णचन्द्र पोखरेल र सरस्वती अर्याल तिवारी
कर्णाली: कर्णबहादुर बुढा, राजीव विक्रम शाह र जानकी सिंह
सुदूरपश्चिम: यज्ञराज जोशी, रणबहादुर रावल र सुशीला मिश्र भट्ट
निर्वाचित मध्ये संस्थापनइतरका पदाधिकारी तथा केन्द्रीय सदस्य
१ अर्जुननरसिंह केसी
२ दिलेन्द्रप्रसाद बडु
३ रामशरण महत
४ बलबहादुर केसी
५ दिपक गिरी
६ सञ्जयकुमार गौतम
७ गोविन्दराज पोखरेल
८ अजयबाबु शिवाकोटी
९ दिनेश कोइराला
१० सरिता प्रसाईं
११ राजन केसी -वाग्मती खुल्ला
१२ डा चन्द्रमोहन यादव -मधेशी खुल्ला
१३ राजीव कोइराला -प्रदेश १ खुल्ला
१४ कृष्णचन्द्र नेपाली पोखरेल -गण्डकी
१५ प्रकाश स्नेही -दलित खुल्ला
१६ मधु आचार्य -खसआर्य खुल्ला
१७ टेकप्रसाद गुरुङ -आदिवासी जनजाति खुल्ला
१८ प्रतिमा गौतम -खसआर्य महिला












