कांग्रेस केन्द्रीय सदस्य : जनजातिमा पनि देउवा पक्षको पकड, मनाङ्गबाट पहिलो पटक केन्द्रमा प्रतिनिधित्व
|
Getting your Trinity Audio player ready...
|
राज्यमन्त्री उमेश श्रेष्ठ सहित निर्माण व्यवसायी बहादुर सिंह तामाङ र चीनकाजी श्रेष्ठले यसै क्लस्टरबाट जित हात पारेका छन् । चिनकाजी श्रेष्ठ (गोरखा)ले सर्वाधिक मत पाए ।
राज्यमन्त्री उमेश श्रेष्ठ (चितवन), बहादुरसिंह लामा (नुवाकोट), दिलमान पाख्रिन (धादिङ), टेकबहादुर गुरुङ (मनाङ), आङगेलु शेर्पा (सोलुखुम्बु), तारामान गुरुङ (संखुवासभा) र टेकप्रसाद गुरुङ (चितवन) केन्द्रीय सदस्यमा विजयी भएका छन् । निर्वाचित ८ जना मध्ये टेकप्रसादमात्रै कोइराला प्यानलका हुन् ।
आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेका चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठ भने नवौं स्थानमा रहँदै पराजित भएका छन् ।
यसै बीच मनाङले पहिलो पटक कांग्रेसमा केन्दीय सदस्य पाएको छ । यस अगाडि संसदिय निर्वाचनमा निर्विरोध सम्म भएका पाल्तेन गुरुङका भाइ टेकबहादुरु गुरुङ मनाङबाट कांग्रेसको केन्द्रीय सदस्य हुने पहिलो व्यक्ति बनेका हुन् । टेकबहादुर पूर्व श्रम मन्त्री समेत हुन् । उनले आफ्नो कार्यकालमा वैदेशिक रोजगारीका क्षेत्रमा केही सुधारका कार्यक्रम ल्याएका थिए ।
फोटो नविन अंकुरको फेसबुकबाट











