विश्वकप क्रिकेटमा न्युजिल्याण्डको लगातार जित
हैदरावाद । आइसीसी विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई पराजित गरेको न्युजिल्याण्डले आज आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९९ रनले पराजित गरेको हो । जीतसँगै २ खेलबाट ४ अंक जोडेको न्यूजिल्याण्ड शीर्ष स्थानमा रहेको छ ।
पहिला ब्याटिङ गरको न्युजिल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३२२ रन बनाएको थियो । न्यूजिल्याण्डका विल योङले सर्वाधिक ७० रनको पारि खेल्दा रचिन रविन्द्रले ५१ तथा कप्तान टम लाथमले ५३ रन बनाएका थिए । यस्तै, मिचेल साटनरले ३६ रन नटआउट बनाउँदा म्याट हेनरीले १० र बनाएका । डेभिन कोनवेको व्याटबाट ३२ रन बनेको थियो ।
नेदरल्याण्ड्सका आर्यन दत्त, पौल भान डेर मर्वी र रिलोफ भान डेरले समान दुई दुई विकेट लिए । बास डी लिड्सले १ विकेट हात पारे ।
३२३ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको नेदरल्याण्ड्स ४६.३ ओभरमा २२३ रनमा रोकिन पुग्दा ९९ रनको पराजय भोग्न बाध्य बन्यो
कोलिन अकरमनले सर्वाधिक ६९ रनको पापरि खेल्दा कप्तान स्कट एडवार्डले ३० रन बनाए ।
त्यसैगरी सेव्रान्ड एंगलब्रेच्टले २९ रन बनाउँदा तेजा निदामनरुले २१ तथा बास डी लिडले १८ रन बनाए । नेदरल्याण्ड्सलाई रोक्ने क्रममा न्यूजिल्याण्डका मिचेल सार्टनरले सर्वाधिक ५ विकेट लिए । यस्तै म्याट हेनरीले २ विकेट हात पार्दा रचिन रविन्द्रले १ विकेट लिए । मिचेल सार्टनर नै प्लेयर अफ दी म्याच बने ।















