न्यु योर्क ओपन कराते च्याम्पियनसिप: आइएमए निहोन कराते डोलाई तीन स्वर्ण सहित नौ पदक

न्यु योर्क / न्यु योर्क ओपन कराते च्याम्पियनसिपमा आइएमए निहोन कराते डोले नौ पदक जित्न सफल भएको छ।
आइएमए निहोन कराते डो नेपाली प्रशिक्षक शान्ता थोकरद्वारा सञ्चालित स्कुल हो। उनी न्यु योर्कमा कराते स्कुल स्थापना गर्ने पहिलो नेपाली हुन।
बक्स्तेर कराते डोको आयोजनामा आइतबार सनी वेष्टचेस्टर कम्युनिटी कलेजमा भएको च्याम्पियनसिपमा अमेरिकाका विभिन्न राज्य, क्यानडा र मेक्सिको लगायतका देशका गरी चार सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो।
यो च्याम्पियनसिप हरेक वर्ष आयोजना हुन्छ।
च्याम्पियनसिपमा आइएमए निहोन कराते डोबाट १२ जना खेलाडीले प्रतिस्पर्धा गरेकोमा नौ जना पदक जित्न सफल भएका हुन्।
रजिना तामाङ, तिर्सना तामाङ र युसेइ ओसीमाले काता तर्फ स्वर्ण पदक जिते। यस्तै प्रकृति राणा मगरले कातातर्फ कांस्य पदक जितिन। म्याथियो ब्युसतानले कुमिते तर्फ कांस्य पदक जिते ।

साङेडोमा शेर्पाले काता तथा कुमिते दुबैमा गरी दोहोरो रजत जिते। इजिता मल्ल र रब्सेल शेर्पाले काता तर्फ रजत पदक जिते।
च्याम्पियनसिपमा आइएमए निहोन कराते डोको प्रशिक्षकमा समीर थोकर रहेका थिए। प्रतियोगितामा शान्त थोकर र मेइ लिन हुईले रेफ्रीको भूमिका निर्वाह गरेका थिए।


