सेमिफाइनलमा रोकिएको नेपाली महिला कबड्डी टिमले कास्य जित्यो
हाङ्गचौं । १९ औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले कास्य पदक जितेको छ ।
यसअघि नै सेमिफाइनलमा स्थान बनाउँदा कम्तिमा कास्य पदक पक्का गरेको नेपाल आज भारतसँग पराजित भएपछि अघि बढ्न सकेन । टिम अघि बढ्न नसके पनि नेपालले एसियाली खेलकुदको यो संस्करणमा पहिलो पदक भने हात पारेको छ ।
हाङ्गचौंको जिआओसान गुआली स्पोर्ट्स सेन्टरमा नेपाल भारतसँग ६१–१७ को स्कोरमा पराजित हुन पुगेको हो । एसियाली खेलकुदमा सेमिफाइनल पुग्ने कबड्डी टिमलाई कास्य पदक दिने प्रावधान रहेको छ ।
नेपाली महिला कबड्डी टिमले पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाएको हो ।








