विश्वकप : पाकिस्तानको खेल आज
हैदराबाद । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै छन् । खेल हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा दिउँसो सवा २ बजे सुरु हुनेछ ।
सन् १९९६ र २००३ को एकदिवसीय विश्वकपमा पाकिस्तान र नेदरल्यान्ड्सबीच दुई खेल भएका थिए जसमा पाकिस्तानले दुवै पटक जित हात पारेको थियो ।
यी दुईबीच कुल ६ एकदिवसीय खेलिएको छ जसमा सबै खेल पाकिस्तानले जितेको छ । दुवै टोली पछिल्लो पटक गत वर्ष अगस्टमा आमनेसामने भएका थिए ।उक्त खेलमा पाकिस्तान ९ रनले विजयी भयो ।
विश्वकप क्रिकेटमा बिहीवार भएको खेलमा न्युजिल्याण्ड विजयी भएको छ । न्युजिल्याण्डले इंग्ल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो ।








