संसदमै सरकारविरुद्ध खनिए ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले वर्तमान सरकार असफल भइसकेको टिप्पणी गरेका छन् । संसदमा समय लिएर लामै भाषण गरेका ओलीले राष्ट्रपतिले कैदी माफी दिएको प्रशंगदेखि न्यायाधिक नियुक्ति र अन्य विभिद विषयमा सरकारसँग जवाफ माग गरेका छन् ।
विगतमा एमालेसँग प्रचण्डले मिलेर सरकार बनाउँदा फागुन १ गते जनयुद्ध दिवस मनाउँदा चुइँक्क नबोलेका ओलीले आज भने जनयुद्ध दिवस मनाउने निर्णय अबको मन्त्रिपषिद्बाट खारेज गर्नु पर्ने शर्त राखेका थिए । यसैगरी उनले वर्तमान गठबन्धनको सरकार लोकतन्त्र र संविधान कार्यान्वयनका निम्ति गम्भीर संकट भएको र इतिहासकै असफल सरकार भएको बताए ।
साथै सरकारले आफ्नो स्वार्थका लागि पटक पटक संविधान मिच्ने काम गरेको लगाउँदै ओलीले सरकारले संसदलाई समेत आफ्नो स्वार्थमा चलाउन खोजिरहेको जिकिर गरे ।
संविधान दिवसका दिन अपराधिहरुलाई आममाफी दिएकोप्रति पनि आपत्ती जनाउँदै सरकारले राष्ट्रपतिलाई सेरेमोनियल नभई खोपीको देउता बनाएको र आदेश पालना गर्ने परिपालक राष्ट्रपति बनाएको टिप्पणी गरे ।
अध्यक्ष ओलीले निकै चर्कोसँग खोलिएको ललिता निवासको फाइल बन्द गर्न सरकारलाई पसिना आएको टिप्पणी गर्दै सुन काण्डले पनि सरकारलाई हैरान पारेको बताए ।
त्यस्तै ओलीले मुलुक अप्ठेरो अवस्थामा रहेका बेला प्रधानमन्त्रीले अनावश्यक रुपमा भ्रमण लम्बाएको पनि टिप्पणी गरेका थिए ।








