देउवा पक्षका ८० प्रतिशत भन्दा बढी निर्वाचित
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा मत गणना अझै जारी छ । हालसम्म सकिएका ९७ पदको गणनामा भने पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा पक्ष हाबी भएको छ ।
हालसम्म गणना भएको पदमा ८० प्रतिशत प्रधानमन्त्री देउवा पक्षधरले जित हात पारेका छन् । दुई उप सभापति पदका लागि भएको निर्वाचनमा देउवा पक्षले एक स्थान जितेको थियो ।
महामन्त्री पदमा देउवा पक्षका दुवै उम्मेदवार पराजित भए पनि ८ पदको सह महामन्त्रीमा देउवा पक्षका ६ जनाले जित हात पारेका छन् ।
केन्द्रीय सदस्यका उम्मेदवार डा. शशाङ्क कोइराला, राजेन्द्र कुमार केसी र मुक्ता कुमारी यादव एक भन्दा बढी प्यानलमा थिए । यी तिन बाहेक नै देउवा पक्षका ७७ जना निर्वाचित भएका छन् ।








